बर्दिया,माघ ३ (फरकसमाचार) / गुलरिया नगरपालिका–३ लटकनिया गाउँका ३ वर्षिय सुभाष गोडियालाई बचाउन फरकसमाचार मिडिया हाउसले अभियान चलाएको छ । आर्थिक अभावको कारण बालकले उपचार नपाएपछि फरकसमाचार मिडिया हाउसले अभियान चलाएको हो ।
जुन अभियानमा स्थानीय समाजसेवीलगायत सहयोगी मनहरु सरिक भएका छन् । सहयोगी मनहरुको सहयोग खेर नजाने संकेत देखिएको सुखद खबर प्राप्त भएको छ । अहिले बालकको भारतको लखनउको इन्दु मेडिकल सेन्टरमा उपचार भईरहेको छ ।
इन्दु मेडिकल सेन्टर लखनउका प्रमुख वरिष्ठ चिकित्सक रजनिश श्रीवास्तवले बालकको औषधी उपचारमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
बालकको उपचार बर्दियामा सम्भव नभएपछि थप उपचारको लागि बाँके हुँदै भारतको लखनउसम्म पु¥याईएको छ । बालकको अभिभावकसहित फरक समाचारकर्मी कृष्ण भुसाल उपचारको लागि लखनउ गएका थिए । फरकसमाचार कर्मी भुसाल बुधबार साँझ घर फर्किएका छन् । भुसालका अनुसार बालकको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
यो सुखद खबरले सहयोगीदातालगायत मिडिया हाउसलाई थप उर्जासमेत मिलेको छ ।
गुलरिया नगरपालिका–३ निवासी राम प्रसाद गोडियाको ३ वर्षिय सुभाष गोडियालाई स्वास्थ्यमा समस्या देखिएपछि गत पौषमा बर्दिया अस्पताल पुगेका थिए । बालकको फोक्सोमा समस्या हुँदा सिटी स्क्यानको लागि नेपालगंज जानुपर्ने तर, उनको परिवारसंग आर्थिक अभाव हुँदा अक्सिजन लगाएर बर्दिया अस्पतालको बेडमा बस्न बाध्य थिए । गोडिया परिवार दैनिक ज्याला मजदुरी गरेर छाँक टार्ने परिवार हो । आर्थिक अभावको कारण बालकको उपचार नभएको फरकसमाचार मिडिया हाउसले जानकारी प्राप्त गर्यो ।
सहयोगको आपिल गर्दै फरकसमाचारद्वारा भिडियो सार्वजनिक भएको थियो ।
सहयोगी दाताको सहयोगमा तत्काल रु १८ हजार संकलन गरि पौष २४ गते बालकलाई बाँकेको कोहलपुर शिक्षण अस्पताल पु¥याईएको फरकसमाचारका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘बालकको आर्थिक स्थिती कमजोर रहेको खबरले शिक्षण अस्पतालले बालकलाई भर्ना लिएन,’अध्यक्ष घिमिरेले भने,‘पुर्वमन्त्री तथा संघिय सांसद अब्दुल खान र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा नेपालगंज भेरी अस्पतालमा बालकको भर्ना भयो ।’ भेरी अस्पतालले सकेजति उपचार गर्यो तर, त्यहाँ पनि सम्भव भएन ।
सहयोगीदाताको सहयोगमा रु ५५ हजार दिएर माघ १ गते बालकलाई उपचारको लागि भारतको लखनउ पठाएको अध्यक्ष घिमिरेले जनाए । ‘म आफै व्यक्तिगत रुपमा रु १२ हजार दिएको छु,’अध्यक्ष घिमिरेले भने,‘यो धार्मिक काममा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद छ ।’ त्यहाँका स्वास्थ्यकर्मीले बालकलाई निको बनाउने आश्वासन दिएका छन् । जसको लागि थप आर्थिक खर्च हुन सक्छ । बालकलाई बचाउन सकेजति सबैले सहयोग गरिदिनहुन अध्यक्ष घिमिरेले आग्रहसमेत गरेका छन् ।