बिहिबार, माघ १७, २०८१
मा प्रकाशित
1212
Shares
काठमाडौं, माघ १७ /बिरामी बोकेको गाडी ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए।
ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको हो। गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो। ‘गए राति दुर्घटना भएको हुनसक्छ, बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरे,’ डिएसपी खड्काले भने, ‘प्रहरी घटनास्थल पुगिसकेको छ।’
चालकको अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाडीबाट शव निकाल्ने प्रयास गरिरहेको छ। मृतकहरूको नाम खुलिसकेको छैन।सेतोपाटीबाट साभार