भोलि देखि एचपिभि खोप अभियान सुरु हुँदै
सोमबार, माघ २१, २०८१ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,माघ २१/ भोलि मंगलबार देखि एचपिभि खोप अभियान सुरु हुँदैछ । २८ वटा विद्यालयमा खोप केन्द्र राखी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप लगाईने बढैयाताल गाउँपालिका स्वास्थ्य शाखाले आइतबार जनाएको हो ।

२ हजार ४ सय ८४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने स्वास्थ्य शाखाको योजना छ । माघ २२ गते देखि २७ गतेसम्म बिद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरी र समुदायमा रहेका बिद्यालय नजाने १० बर्ष देखि १४ बर्षसम्म किशोरीलाई लक्षित गरि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने जनाईएको छ ।

उक्त खोप अभियान माघ २२ गते देखि फागुन ६ गतेसम्म देशै भरि सञ्चालन हुनेछ । जसमा बढैयाताल गाउँपालिका भित्र माघ २२ देखि माघ २७ गते सम्म संचालन हुनेछ । कुनै कारणले छुट हुन गएकालाई तोकिएको स्वास्थ संस्थामा खोप लगाईने जनाईएको छ ।

बिद्यालय र समुदाय बाहिर रहेका लक्षित उमेरका किशोरीहरुलाई नजिकको खोप केन्द्रबाट खोप लगाउने वातावरण सहज हुने अपेक्षा लिएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठि बताए ।

महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन लागिएको बढैयातताल स्वास्थ शाखा प्रमुख बिष्णु पौडेलले जानकारी दिए ।

बिश्व स्वास्थ संगठनबाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समुहको किशोरीहरुलाई एचपिभीको संक्रमणबाट सुरक्षित राख्ने उदेश्यले खोप अभियान संचालन गरिएको छ । नेपालमा दैनिक ४ जना महिलाहरूको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक समेत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर