कोपिला भ्याली स्कूल विश्वकै उत्कृष्ट १० विद्यालयको सूचीमा!
आइतबार, असार १५, २०८२ मा प्रकाशित

गोमा बिष्ट

बर्दिया,असार १५ / नेपालका लागि गर्वको खबर! कोपिला भ्याली स्कूलले “World’s Best School Prizes 2025” अन्तर्गत वातावरणीय कार्य श्रेणीमा विश्वका उत्कृष्ट १० विद्यालयको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ।

सन् २०२२ मा T4 Education द्वारा सुरु गरिएको यस प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारमा, वातावरणीय संरक्षण र दीगो शिक्षा प्रणालीलाई मुख्य मापदण्डका रूपमा राखिएको छ। कर्णाली प्रदेशको वीरेन्द्रनगरमा अवस्थित कोपिला भ्याली स्कूलले “Green School Campus” मार्फत वातावरण र शिक्षाको गहिरो सम्बन्ध स्थापित गर्दै आएको छ।

विद्यालयमा ४०० भन्दा बढी विपन्न बालबालिकाहरूले निःशुल्क शैक्षिक तथा वातावरणीय शिक्षाको अवसर पाइरहेका छन्। नेपालबाट यस सूचीमा पर्न सफल हुने यो पहिलो विद्यालय हो, जसले देशको शैक्षिक छविलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गरेको छ।

अब सबै नेपालीको साथ आवश्यक छ!
“Community Choice Award” को लागि अनलाइन भोटिङ सुरु भइसकेको छ र भोट गर्न कुनै शुल्क लाग्दैन।

भोट गर्न: bit.ly/votekopila
भोटिङ बन्द हुने मिति: २०८२ असार २५

आउनुहोस्, कोपिलालाई भोट गरौं र नेपाललाई जित दिलाऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर