ब्रेन ट्युमरका बिरामीको सहयोग अपिल
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

दाङ, फागुन २६ : प्रदेश नम्बर ५ मा पर्ने दाङ जिल्लाको राप्ती गाउँपालिका-१, भालुबाङ्ग निवासी ३४ वर्षीय गायत्री घर्तीलाई विगत दुई वर्षदेखि ब्रेन ट्युमर भएको छ । अहिलेसम्म चारपटक सम्म ब्रेन ट्युमरको अपरेसन भइसकेको छ । आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचार गर्नको लागि आर्थिक सहयोगकझ याचना गरेकी छन् । अपरेसन गर्दा खेरि सबै आफ्नो घरजग्गा बेचेर र सम्पूर्ण सम्पत्ति सकिएको तर अहिलेसम्म निर्मुल भएको छैन । औषधि चलाइरहेको छ । तीनवटा छोराहरुलाई पढाउन समेत नसक्ने स्थिति भएको हुँदा सहयोगी सम्पूर्ण मनप्रति सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेकी छन् ।

अहिलेसम्म खर्च भएको उपचारमा ४२ लाख ७ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । २०७६ साल असोज १६ मा पहिलोपटक युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, रुपन्देहीमा लिएर गएका थिए ।
राप्ती गाउँपालिकाबाट १० हजार र मगर महिला समूह, भालुबाङ्गले देउसी भैलो खेलेर र गाउँछिमेकीहरुबाट ५९ हजार सहयोग गरेका छन् ।

उनका श्रीमान पदम घर्ती को कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड भालुबाङ्ग शाखामा रहेको खाता नम्बर : ०१२०१२००३०००६३३८५०००००१ मा सहयोग रकम पठाइदिनु हुन अनुरोध गरेका छन् । खातावालाको नाम : Pite Gharti रहेको छ । पिडितको सहयोगको लागि : ९८४५४२२५०२

 

प्रतिक्रिया

सम्बन्धित खवर