प्रा सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना
सोमबार, चैत ०३, २०७६ मा प्रकाशित

लण्डन, चैत ३ : प्रा सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क प्राप्त गर्ने व्यक्ति तथा  दोस्रो कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ ।

आफ्ना नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्रा सुवेदीले प्रसन्नता व्यक्त गरे । ती पुरस्कारले प्रा सुवेदीले मानवाधिकार र अन्तरराष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चिरकालपर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ । प्रा सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गरेका थिए । उनले अन्तरराष्ट्रिय कानून र मानवअधिकारका क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उनीलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर