कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा एकजना नेपाली नागरिकको मृत्यु
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

लण्डन, चैत ८ : कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका-१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो।

उनी पूर्वगोरखा सैनिक थिए । आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए। सन् २००८ मा बेलायत छिरेका थिए । गम्भीर बिरामी भएपछि उनलाई मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको थियाे । त्यही दिन साँझ उनको मृत्यु भएको उनका परिवारले बताएका छन ।

उनको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पूर्व गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले जानकारी गरायो । ‘लीलाबहादुरको कोरोनाबाटै मृत्यु भएको पुष्टि अस्पतालले गरेको छ। मंगलबार अपरान्ह ४ बजेको समयमा स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई फेरि नर्थवीक पार्क अस्पताल लगिएको थियो। तर साँझ ८ बजेको समयमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे। राईको निधनको तीन दिनपछि मात्रै अस्पतालले कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए। कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर