अर्जुन पौडेल
सन २०१९ को मध्य डिसेम्बरमा चीनको वुहानबाट शुरु भएर सन २०२० को अन्त्तिम अप्रिलसम्म आइपुग्दा पुर्ण रुपमा बिश्वव्यापी रुपमा भैसकेको कोभिड १९ ले यो आलेख तयार पार्दासम्म विश्वभर करिव ३ लाख ४० हजार भन्दा बढिको ज्यान लिइसकेको छ। विभिन्न कालखण्डमा महामारी नआएको होइन तर इतिहासमै यसरी मानव शंवेदनशीलता एउटै भावना र एकतामा जुटेको सायदै पहिलो हुनुपर्छ ।
जसको प्रभावलाई न्यून गर्न बिश्व नै लकडाउनमा छ। यो संकटको घडीमा जोखिमबाट बच्नका लागि भ्रम, आवेश, अहंकार र आवरणमा होइन उच्च आत्माविश्वास, विवेक र बुद्धिमता ढंगले प्रस्तुत हुनुपर्ने देखिन्छ। तर बिडम्बना यो परिस्थितिमा सरकारलाई जनता जनार्दनले न देख्न पाएका छन, न छाम्न, न सुन्ननै जसका कारण आज हरेक नेपालीको आँखामा मृत्युको भय र त्रास बाहेक केही छैन ।
एकातिर प्रवाशमा विभिन्न कारण र बाध्यताले गएका दाजुभाइको रोदन, क्रन्दन र बिन्ती गर्दै बरु एक छाक खान्छौ तर स्वदेश फिर्ता चाहान्छौ भन्नेको सख्या लाखौं युवा छन । झन्डै ५० लाख नेपाली विभिन्न शिलशिलामा विदेशमा रहेको देखिन्छ। करिव २६ लाख नेपाली मध्य पूर्व, दक्षिण कोरिया र मलेसियामा कार्यरत छ्न। नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारमा जानेहरुले महत्त्वपूर्ण योगदान पुर्याएको कुरामा हामी जानकार छौ।
विश्व बैंकको एक अध्ययन अनुसार धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा नेपाल बिश्वमा तेस्रो स्थानमा रहेको थियो। आर्थिक बर्ष २०७५/०७६ मा ८७९ अर्ब २७ करोड विप्रेषण नेपाल भित्रिएको थियो। सो रकम कुल ग्राहस्थ उत्पादन (जिडिपी)को २५.४ प्रतिशत बराबर हो। तर कोभिड-१९ को कारण विश्व अर्थतन्त्रमा सृजना भएको आर्थिक मन्दीका कारण विदेशमा कार्यरत नेपालीहरुको वेरोजगारी बढ्ने र आम्दानी घट्ने हुँदा नेपालले प्राप्त गर्ने बिप्रेषण आयमा कमि हुदै छ।
जसका कारण नेपालको अर्थतन्त्र आर्थिक मन्दीको दोहोरो मारमा गुज्रदैछ। नेपालबाट बाहिर गएका अधिकांश श्रमिकले सामान्य आवस्थामा समेत आप्रवासन चक्रमा कुनै न कुनै समस्या, शोषण र ज्याजती भोग्नु परेको दृष्टान्त हाम्रो सामु छ।राष्ट्र मानव अधिकार आयोगको एक अनुसन्धानले ७६ दशमलव ७४ प्रतिशत श्रमिकले समस्या भोग्नु परेको देखाएको थियो। भने कोरोनाको महामारीबाट लाखौं नेपालीले भोग्नु परेको थप समस्या हामिले कल्पनासम्म पनि गर्न सक्दैनौं। रोजगारदाताले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरि रहेको अबस्था छ ।
अध्ययनले सार्वजनिक गरे अनुसार ती देशका रोजगार दाताले बिना जानकारी कामबाट निकाल्ने, पारिश्रमिक नदिने जस्ता कारण आफू सङ्ग भएको रकम सकिएर भोक भोकै रहेका घट्ना सार्वजनिक भएका छन। यो बिकराल अबस्थामा अन्य रास्ट्रहरुले आफ्नो नागरिकलाई स्वदेश फिर्ताको लागि तयारी गरि सक्दापनि, बिडम्बना कुवेतमा खुलेको आम माफी पश्चात् घर फिर्ताको लागी नाम दर्ता मुलुकका नागरिकलाई ती देशले घर फिर्ता लागि सक्दा पनि यति सम्मकी कुवेत सरकारले चार्टर फ्लाइटको व्यवस्था गरिने भनिएको स्थितिमा पनि हाम्रा नागरिक सेल्टरमै दिनहरु बिताउन बाध्य छन् ।
माल्दिभ्समा रहेका नेपाली श्रमिकले आफ्नै खर्चमा आउँछौ केबल अनुमती माग्दा समेत सरकार मौन बस्नुले विवेकहिनताको पराकाष्ठा भएको प्रष्ट देखिन्छ । अन्य देशको उदाहरणलाई हेर्ने हो भनेपनी यो बेला सरकारलाई ढिलासुस्ती र बहानाबाजी गर्ने सुविधा छैन। हो प्रवासमा रहेका सबैलाई एकैपटक फर्काउन सकिँदैन। तर जो सर्वाधिक संकटको अवस्थामा छन उनिहरुको समस्या, स्थिति, अप्ठ्यारोको प्रकृति र स्थानका आधारमा ल्याउने प्राथमिकता तय गर्नु पर्दछ।
यसका लागि चाहिने सुविधामा सरकाले चौतर्फी साथ पाएको छ। आर्थिक रुपमा पनि कमजोर छैन। सरकारले कोभिड( १९ को लागि जम्मा गरेको कोष,वैदेशिक रोजगार ऎनमा व्यवस्था भए बमोजिम बनेको कल्याणकारी कोष,वैदेशिक रोजगार र व्यवसायी र एनआरएनए समुदायहरुलाई परिचालन गर्न सक्छ भने कतिपयलाई कम्पनीले व्यवस्था गर्ने स्थिति पनि छ, केही आफ्नै खर्चमा पनि आउन सक्छन। यसरी सबैतिरबाट सहयोग र साथ पाँउदा पाउँदै पनि सरकारले देखाएको कमजोर चासोका कारण देशको स्वाभिमान र सम्मानमा नै चोट पुगेको छ।