शुक्रबार, साउन ०२, २०७७
मा प्रकाशित
0
Shares
काठमाडाै, साउन २ : पछिल्लो २५ घण्टामा थप १०१ जनामा कोरोना भाइरस -कोभिड (१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।
याेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सख्या ४० पुगेको छ ।