थप १ सय ४७ जनामा कोरोना संक्रमण
बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
काठमाडाैं, साउन ८ : बिहीबार पीसीआर विधिबाट ३ हजार ४ सय ८१ जना नमुना परीक्षण भएका छन् । जसमा १ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत रहेका छन् ।
बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । बिहीबार १ सय ५६ जना गरी अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । अहिले देशभरीका क्वारेन्टिनहरुमा २० हजार ९८ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर