बिहिबार, साउन ०८, २०७७
मा प्रकाशित
0
Shares
काठमाडाैं, साउन ८ : नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय वृद्ध रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको साउन ७ गते मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।