दुर्गा आचार्य
बर्दिया, प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडानम्बर—११ गणेशपुर चौकबाट गस्तीमा रहेको प्रहरीटोलीले लागुऔषध ब्राउन सुगर सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । भे.५ प. ३९२३ नम्बरको मोटरसाईकलमा नेपालगन्ज बाट गुलरिया तर्फ आईरहेको अवस्थामा संका लागि शरिर खानतलास गर्दा भारत उत्तरप्रदेश रामपुर जिल्ला स्वार थाना नरपत नगर निवासी ४२ बर्षिय ईरसाद अहमदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मोटर साईकलको फिटर भित्र सेतोप्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागुऔषध बा्रउनसुगर जस्तो देखिने ९गा्रम ५सय ८० मिलीगा्रम धुलो प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका भारतीय नागरिकलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।
बिहिबार, भदौ १८, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host