बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

काठमाडौं, भदौ १८ । कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ । रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ ।

पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन् । मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन ।

रथयात्राबारे गुठी संस्थान र ज्यापु समाजले भने जानकारी नभएको बताएका छन्। रथयात्राबारे निर्णय गर्न गुठी संस्थानको बैठक आज दिउँसो बोलाइ पनि त्यस अघि नै रथ तानिदा सम्वन्धित संस्थाहरु अन्यौलमा परेका छन् ।

साभार : नागरिक न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर