दुर्गा आचार्य
बर्दिया, भदौ १८ । परंम्परागत हानिकारक प्रथाका कारण नेपालमा महिलाहरु हिँसाको मार खेप्दै आईरहेका छन् । हानिकारक प्रथाकाका कारण महिलामा हुने हिँसा न्युनीकरण गर्ने उद्देश्यका साथ अन्तरधार्मिक संजाल बर्दियाका पदाधीकारीहरुलाई२ दिने प्रशिक्षण तालिम दिईएको छ । यस प्रशिक्षणले समाजमा रहेको हानिकारक परम्परागत अभ्यास पैरवीगरि सवैधर्ममा आस्थाराख्ने धार्मिक अगुवाहरुको क्षमता बिकाश हुने महिला पुर्नस्थापना केन्द्र बर्दियाकी संयोजक सर्मिला निरौलाले वताईन्। समाजमा धार्मिक अगुवाहरुको भनाई निर्देशन र बिचारलाई सहजरुपमा समाजले स्वीकार गर्ने गरेका कारण पनि यसको मारमा महिलाहरुले हिंसा भोग्न विवस हुनेगरेका छन् । यहि अभ्यास तथा विभेदपूर्ण व्यवहारलाई परिवर्तन नगरेमा समाजमा हिंसामा कमी आउन नसक्ने संयोजक निरौलाको भनाई छ । यस्ता प्रशिक्षणले पक्कै पनि समाजमा परिवर्तन आउने बिश्वास लिईएको छ । महिला पुर्नस्थापना केन्द्र बर्दिया –ओरेक नेपालको समन्वयमा २ दिने प्रशिक्षण कार्यक्रममा हिन्दु, मुश्लिम, ईसाई बौद्ध धर्ममा आस्था राख्ने १४ जना धार्मिक अगुवाहरु समावेस भएका छन् । ओरेक नेपालको समन्वयमा बर्दियामा गठित धार्मिक अगुवाहरुको संगठित संजालले समाजमा हुने वालविवाह, महिला हिँसा, जेष्ठ नागरिकको सम्मानका लागि समाजमा काम गर्दै आईरहेको अन्तरधार्मिक संजाल बर्दियाका अध्यक्ष देवेन्द्र सिग्देलले वताए। यस अभियानलाई संन्जालले निरन्तता दिदै समाजमा हुने यस्ता घटनालाई न्युनीकरण गर्दै लैजाने अध्यक्ष सिग्देलले प्रतिवद्धता जनाएका छन् । सबै धर्मावलम्वीहरुको आस्थालाई सम्मान गर्दै समाजमा हुने विकृति बिसंगतीलाई पहिलाको तुलनामा न्युनीकरण गर्दै आईरहेको संजालका उपाध्यक्ष मो.अतिक अहमदले वताए । संचालित दुईदिने तालिमले आफुलाई थप उर्जा मिलेको उपाध्यक्ष अहमदले वताए । अन्तरधार्मिक जिल्ला संजाल बर्दियाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित कार्यक्रममा कोरोना संक्रमणलाई मध्यनजर राख्दै भौतिक दुरी कायम राखि सुरक्षित मापदण्ड अपनाई कार्यक्रम संचालन गरिएको ओरेक नेपाल बर्दियाले जानकारी गराएको छ ।
बिहिबार, भदौ १८, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host