गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीमा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जामा १ र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए । गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको छ ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा र पूर्वी नवलपरासीकै देवचुली वडा नं. ७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले बताए ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित देखिएका छन् । पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ जना पुरुषमा, वडा नं. ७ का १ जना, वडा नं. १२ का १ जना, वडा नं. १० का ३ जना, वडा नं. २७ का २ जना तथा वडा नं. १४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
लम्जुङ जिल्लाको मध्यनेपाल–१ मा १ जना र राईनाश–९ मा २ जनामा पनि कोरोना देखिएको छ । यसैगरी स्याङ्जाको कालीगण्डकीका १ जना, बाग्लुङको ताराखोला–३ का एक जना र तनहुँको म्याग्देका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकीकोे कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. शर्माले जानकारी गराए ।