कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रम सम्पन्न
शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता
बर्दिया, भदौ १९
कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा औपचारिक तथा विविध कार्यक्रम गरेर शुक्रबार बिहान सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा कर्मचारी युनियनद्वारा वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सरसफाई सामाग्री वितरण गरेर औपचारिक कार्यक्रम सम्पन्न गरेको हो ।

भादा घाट स्थित निल सागर आश्रममा बस्ने वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सरसफाई सामाग्री वितरण गरेको युनियनले जनाएको छ । कार्यक्रममा कर्मचारी युनियनमा आबद्ध कर्मचारी, स्थानीय तथा संचारकर्मीको सहभागीता रहेको थियो । निलसागर आश्रममा बसोबास गरिरहेका वृद्धवृद्धाका लागि संघले कोरोना संक्रमणले देशनै संकट ग्रस्त रहेको अवस्थामा संघको सामाग्री वितरण कार्य सराहनीय रहेको स्थानीयले बताए ।

नेपाल निजामती कर्मचारी युनियन संघ स्थापना दिवस २०७७ को अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला समिति बर्दियाले निल सागर आश्रम गुलरिया भादघाटमा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न तथा स्वास्थ्य सरसफाई सामाग्री वितरण गरेको संघका अध्यक्ष गोविन्द राज त्रिपाठीले जानकारी दिए ।

यस्तै संघले स्थापना दिवसमा निल सागर आश्रमलाई गरेको स्वास्थ्य तथा खाद्यान्न सामाग्री वितरण सराहनीय भएको निजामती कर्मचारीहरुको आधिकारीक टे«ड यूनियनका उपाध्यक्ष द्रोणराज शर्माले खुलेर प्रशंसा गरे । मन्तव्यको क्रममा असोज २४ मा निजामती कर्मचारीहरुको आधिकारीक टे«ड यूनियनको निर्वाचनको प्रसंग उल्लेख गर्दे कर्मचारीका हक हितमा काम गर्न सक्ने सफल नेतृत्व चयनका लागि सक्रियताका साथ निर्वाचनमा भाग लिन उपाध्यक्ष शर्माले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर