शुक्रबार, भदौ १९, २०७७
मा प्रकाशित
0
Shares
बेद प्रकाश गुप्ता
बर्दिया, भदौ १९ ।
कर्णाली नदीमा विहिबार दिउँसो दाउरा बटुल्न गएका एक जना मृत फेला परेका छन् । दाउरा बटुल्न जादा ३ जना बेपत्ता भएका मध्ये भरत रोकाय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार गेरुवा गाउँपालिका ४ का ४० वर्षिय बल बहादुर रोकाय, १४ वर्षीय पबि रोकाय र १४ वर्षका भरत रोकाय कर्णाली नदीमा बेपत्ता भएका थिए । बाँकी २ जनाको खोजी कार्य तीब्र रुपमा भइरहेको बर्दियाका एसपि केदार रजौरेले जानकारी गराए । खोजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।