बेद प्रकाश गुप्ता
बर्दिया, भदौ १९ ।
नेकपाको सचिवालय बैठकमा आज वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनित गर्ने सरकारले निर्णय गरेको छ । गौतम राष्ट्रिय सभाको सदस्यमा मनोनित हुँदा गृह जिल्लामा विभिन्न किसिमका टिका टिप्पणी भईरहेको छ । कतै रोईलो छ भने कतै खुसीयाली छाएको कुरा समाजिक संजालले छरपष्ट पारिदिएको छ । कार्यकर्ताले वा जिल्ला बासीले बिभिन्न किसिमको टिकाटिप्पणी गर्नुमा रहस्य लुकेको छ । विभिन्न काल खण्डमा गौतम कहिले विकास प्रेमी नेता भनेर जिल्लामा चिनिएका छन् भने कुनै काल खण्डमा गौतम कै कारण छिमेकी जिल्लाहरु भन्दा बर्दिया पछि परेको बुझेका छन् । पश्चिम नेपालमा सिक्टा, बबई र रानि जमरा सिँचाई उनकै पहलमा आएर काम सुरु भएको उनलाई श्रेय जान्छ भने तर तीनै आयोजन तीन दशक बित्दा पनि आयोजनाले पूर्णता नपाउँनुको आरोप पनि गौतम माथी छ । पटक पटक चुनाव जित्ने जिल्लाको रुपमा मात्र बर्दियालाई गौतमले प्रयोग गरेको महशुस गर्ने पनि धेरै छन् । एक दशक यता कुनै पनि सडक, पुलपुलेसामा पनि उनले कुनै दिलचस्बी नलिएको गुनासो गृह जिल्लाले गर्दछ । हुन त गौतमले सुरु देखि चुनावमा प्रतिस्पर्धा गर्ने क्षेत्र बर्दिया क्षेत्र नं. १ निर्वाचन क्षेत्र हो । उनकै क्षेत्र विकासका हिसाबले धेरै पिछडिएको देखिन्छ । पुल, सडक, तटबन्ध जस्ता अपरिहार्य कार्य नहुनु नै गौतम पटक पटक चुनावमा पराजित हुने गरेको स्थानीयले आँकलन गर्छन । निर्वाचनमा आएर ठूला आश्वासन दिने तर निर्वाचन पछि आफ्नो क्षेत्रमा नदेखिने उनी माथी लागेको ठूलो आरोप हो । संघिय निर्वाचनमा नेकपाको करिब २६ हजार बढि मत आँकलन भएपनि झिनो मतले संजय गौतमसँग पराजित हुनु परेको थियो । गौतमलाई कार्यकता मााझ नभिज्ने र टप सेक्यूरिटिमा हिड्नाले मतदाता उनी सामु पर्न नसक्नु पनि गौतम पराजितको कारण मान्छन् । गृह जिल्लामा निराशा मात्र नमानेर जिल्लाले अब विकासमा फड्को मार्ने भन्दै खुसी बाड्ने पनि प्रशंसक पनि धेरै छन् । नेकपाका नेता सुरेश पन्थले सामाजिक संजालमा बर्दियाको बिकासले गति लिने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्–‘सरकारको निर्णयलाई समर्थन भएको उल्लेख गर्दे गौतमको आवश्यक्ता भन्दा देशलाई आवश्यकता हो ।’ गौतमलाई रिक्त पदमा मनोनित गर्नु गौतम आवश्यक्ता नभएर देशको आवश्यक्ता भएको सकारात्मक प्रतिक्रिया दिए । सामाजिक संजालमा प्रतिक्रिया दिने पन्थ मात्र होईनन उनी जस्ता सयांैले सामाजिक संजालमा अभिव्यक्ति दिएका छन् । सामाजिक संजालमा हजारौ प्रशंसकले गौतमलाई राष्ट्रिय सभाको सदस्य लैजाने कुरा प्रजातान्त्रिक नभएर सरकारलाई निरकुशको संज्ञा दिएका छन् । ‘चुनावमा हारेको मान्छेलाई सांसद र मन्त्री बनाउँन निरंकुश शैलीमा निर्णय गर्नु देश बर्बादी तिर लैजान थालेका हो’ अधिकांशले सामाजिक संजालमा टिप्पणी गरेका छन् ।
शुक्रबार, भदौ १९, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host