अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित
शनिबार, भदौ २०, २०७७ मा प्रकाशित

अस्ट्रेलियाविरुद्धको पहिलो टी-२० खेलमा घरेलु टिम इंग्ल्यान्डले रोमाञ्चक जित गरेको छ ।
शुक्रबार राति साउथह्याम्टनमा भएको खेलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग २ रनले पराजित भएको हो ।
पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १६२ रन जोड्दै अस्ट्रेलियालाई १६३ रनको लक्ष्य दियो । जसमा डविड मलानले ४३ बलमा ६६ रन र जोस बटलरले २९ बलमा ४४ रनको योगदान दिदै ११० रन टिमको लागि जोडेका थिए ।
बलिङमा अस्ट्रेलियाका अस्टन अगर, केन रिचार्डसन र ग्लेन म्याक्सवेलले २-२ विकेट लिएका थिए भने इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले पनि २-२ विकेट लिएका थिए ।
१६३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेटको क्षतिमा १६० रनमा सीमित रह्यो । जसअन्र्तगत अन्तिम ओभरमा १५ रन आवश्यक रहेको हुँदा १२ रन मात्र जोड्न मात्र सफल रह्यो ।
अस्ट्रेलियालाई अन्तिम ६ ओभरमा केवल ३९ रन चाहिएको र आफुसँग ९ विकेट बाँकी हुँदा इंग्ल्यान्डका बलरको उत्कृष्ट प्रदर्शनले अस्ट्रेलिया १६० रनमा सीमित हुँदै पराजित बेहोर्नु परेको हो ।
अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले ४७ बलमा ५८ रन तथा कप्तान आरोन फिन्चले ३२ बलमा ४६ रनको साझेदारी गरेका थिए भने स्टिभ स्मिथ १८ रनमा आउट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर