बाँके । कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीका क्रममा महिला तथा बालबालिका हराउने गरेको पाइएको छ ।
बन्दाबन्दीको समयमा १७ जना महिला तथा बालबालिका हराएको निवेदनमा ५ जना मात्र फेला परेका छन् । बाँकी १२ जना अझै पत्ता नलागेको माइती नेपाल नेपालगन्जले जानकारी गराएको छ । हराएका महिला तथा बालबालिका भारत तर्फ गएको हुन सक्ने आशंका गरिएको छ भने कहाँ र कुन नाकाबाट गएको यकिन हुन सकेको छैन ।
हराएका महिला तथा बालबालिकाको खोजी कार्य भइरहेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए । कोरोना भाईरसको महामारीले भइरहेको बन्दाबन्दीका कारणले गर्दा हराएका महिला तथा बालबालिकाको खोजी कार्यमा बाधा पुग्ने गरेको उनले भने ।
एक वर्षको अवधीमा मानव बेचबिखनको जोखिमपुर्ण यात्रामा रहेका ५ सय ७७ महिला तथा बालबालिकालाई नेपाल भारत सिमाना जमुनाहाबाट नेपाल प्रहरीसँगको समन्वयमा उद्धार गरिएको छ भने ५ सय ८५ जनाको खोज तलास तथा उद्धार प्रक्रिया जारी रहेको मध्ये २ सय ८० जना मात्र फेला परेको कोइरालाले जानकारी गराए ।
शनिबार, भदौ २०, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host