कर्णालीमा बेपत्ता भएका अर्को शव फेला
शनिबार, भदौ २०, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता
बर्दिया ।
कर्णाली नदीमा बिहीबार दिउँसो दाउरा बटुल्न गएका अर्का एक जना मृत फेला परेका छन् । दाउरा बटुल्न जादा ३ जना बेपत्ता भएका मध्ये ४० वर्र्षिय बल बहादुर रोकाय पनि मृत फेला परेका छन् ।
बल बहादुर रोकायको शव गेरुवा गाउँपालिका वडा नं. ४ स्थित जोधिपुर घाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । यसअघि भरत रोकाय मृत फेला परेको थियो ।
१४ वर्षीय पबि रोकाय भने अझै बेपत्ता रहेको र खोजी कार्य तीव्र रुपमा भइरहेको प्रहरीले जानकारी गराएको छ । खोेजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर