आजभोली भइरहेको निषेधाज्ञाकोे समयलाई सदुपयोग गरी हिजोआजको व्यस्त जीवनशैलीमा खाना खाने पद्धतीमा फरक हुँदा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । पेट सम्बन्धी समस्यामा ग्यास्ट्रिक रोग अहिले नेपाली समाजमा विद्यमान रहेको छ । ग्यास्ट्रिकबाहेक जस्तै एसीडीटी, अपच, कब्जियत जस्ता पेट सम्बन्धी समस्या पनि नेपाली समाजमा पाइने गरेको छ ।
यस्ता समस्या समाधानको लागि नियमित औषधि सेवन गर्नु स्वास्थ्यको लागि नराम्रो हुने र महँगो साबित हुन सक्छ । तपाई चिन्ता नलिनुस्, योगको सहायताले यस्ता समस्याको समाधान गर्न सकिन्छ ।
योगमा विभिन्न आसनहरू हुन्छन् जुन स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको लागि उपयोगी सावित हुने गरेको छ । त्यसैगरी पेटको समस्याको लागि उपयोगी मानिने प्रमुख ३ आसन तल व्याख्या गरिएको छ ।
पवनमुक्तासन
पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने गरेको
बताउँछन् । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गरेको छ । यो आसनमा नियमित योग गर्दा शरीरमा उर्जाशक्ति प्राप्त हुन्छ । यो आसनले यसले मेरुदण्डलाई बलियो र लचिलो बनाउनमा मद्दत गर्छ ।
यस आसनलाई निम्नानुसार गर्न सकिन्छ :
–म्याटमा हात र खुट्टा फिजाएर उत्तानो परेर सुत्ने ।
–लामो सास तान्ने र छाड्ने ।
– बिस्तारै खुट्टालाई घुँडाबाट खुम्च्याउने र घुँडालाई छातीतर्फ ल्याउने ।
–घुँडालाई छातीमाथि ल्याएपछि हातले घुँडालाई समाएर बिस्तारै मुन्टो पनि माथि उठाउने
–यही अवस्थामा केही सेकेण्डका लागि सास फेर्ने ।
–त्यसपछि बिस्तारै सास छोडेर बिस्तारै हात र खुट्टालाई पुरानै अवस्थामा लैजाने । दैनिक आठ–दश पटक यो आसन गर्ने प्रयास गर्नुहोस् ।
उत्तानसाना
यो आसन पेटको दुखाईबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चार प्रवाहको लागि सहयोग गर्ने गर्छ । यो आसनले दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या समाधानमा उपयोगी सावित हुने गरेको छ । यस आसनमा टाउकोलाई खुट्टाको भागसम्म र्पुयाउने गरिन्छ । जसले गर्दा पेटको मांसपेशीको अभ्यास हुँदा पाचन प्रणालीमा सुधार हुन्छ । यदि कसैलाई कम्मर र जोर्र्नीसम्बन्धी समस्या छ भने, यो आसन नगर्दा उत्तम हुने योग गुरुहरू बताउँछन् ।
यो आसन निम्नानुसार गर्न सकिन्छ :
– सर्वप्रथम सिधा उभिनुहोस ।
– हातलाई कम्मरमा राख्नुहोस ।
– बिस्तारै अगाडि झुनुहोस ।
– सिधा उभिई शरीरलाई भूमि छुने झुकाउनुहोस् । यदि यसमा कठिनाइ हुन्छ भने घुँडालाई अलिकति मोड्न सकिन्छ ।
– हातलाई खुट्टाको दाहिनेतिर लैजानुहोस ।
– एक मिनेटसम्म यही आसनमा रहनुहोस ।
उत्तानपादना
यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पु¥याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको योगगुरु बताउँछन् ।
यो आसनलाई निम्नानुसार गर्न सकिन्छ :
– सुरुमा उत्तानो परेर सुत्नुहोस् ।
– लामो सास फेर्नुहोस् ।
– दुवै हातको हत्केलालाई भुइँमा राख्नुहोस् र खुट्टा सिधा बनाउनुहोस् ।
– बिस्तारै एउटा खुट्टालाई माथि उठाउनुहोस् । यदि सास रोक्न गाह्रो भइरहेको छ भने बीचमा सास फेर्न पनि सकिन्छ ।
– यस स्थितिमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बस्नुहोस् ।
– फेरी खुट्टालाई बिस्तारै भुइँमा सुताएर राख्नुहोस् । यो आसन तीनदेखि छ पटक गर्न सकिन्छ ।