बाँके–बर्दियाका सिडिओको लोभलाग्दो ‘ट्यूनिङ’
आइतबार, भदौ २१, २०७७ मा प्रकाशित

बाँके/बर्दिया, भदौ २१ ।
वर्तमान समयमा बनाएको योजना अनुरुपम चल्न सक्यो भने जो कोहि पनि भबिष्यमा सफल हुन्छ । एक्लैले गर्ने असम्भव काम मिलेर गर्दा पक्कै पनि सफल भईन्छ । संस्कृतमा एउटा उखान छ–‘संघ शक्ति कलियुगे’ ।
त्यसका लागि समन्व, सहकार्य र प्रतिबद्धताका साथ अघि बढे सफल भईने कुरा पश्चिम नेपालमा कार्यरत बाँके र बर्दियाका सिडिओले गरेका लोकप्रिय कार्यलाई हेर्न सकिन्छ ।

हुन त यो बेला कोरोना भाइरसले विश्व जगत तहस नहस बनाएको छ । त्यै पनि खुला सीमानामा कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्न दुवै सिडिओ यतिबेला सक्रिय देखिन्छन्् । आम सर्बसाधरण छक्क परेका छन् । जनताको पक्षमा काम गर्ने आचरण भएको प्रशासकलाई आम सर्वसाधरणले सारै नै माया गर्छन । दुवै सिडिओले गरेका राम्रा काम सराहनीय भएको आम जनताले प्रतिक्रिया दिन्छन । २४ औ घण्टा सर्बसाधरण हितमा काम गर्ने भनेर पश्चिम नेपालमै दुबै सिडिओ परिचित छन् ।

आम सर्बसाधरण समस्या परेकाबेला सिडिओसँग कुरा गर्न सक्ने च्यानल बनाएका कारण लोकप्रिय हुन सक्ने आँकलन अधिकांशको छ ।
सक्रमणकालिन अवस्थामा दुबै विचको सहकार्य उदाहरणिय बनेको छ । बर्दिया नेपाल भारतको ८३ किलोमिटर खुला सीमा क्षेत्र हो भने बाँके पनि खुला सीमा क्षेत्र भएको जिल्ला हो । बाँके औद्योगिक शहरको रुपमा विकास भइरहेकोले तस्करी रोक्न चुनौती छ । बाँके र बर्दियाले छोटो समयमा सीमामा हुने अवैध सामान, अपराध र सीमाबाट भित्रने सक्ने कोरोना संक्रमण रोक्न सफल छन् ।

बाँके र बर्दियाको खुला नाका भएका कारण तस्कर सक्रिय रहने सीमा नाका भनेर चिनिन्छ । डेढ महिनामा कोरोना कहरको बेला सिडिओ लिलाधर अधिकारी नेतृत्व खटिएको सुरक्षाकर्मीको टोलीले ५० औ वटा मुद्दामा करोड रुपैया बराबरको राजश्व भन्सार कार्यालयमा बुझाउन सफल भएको देखिएको छ । यस्तै, कर्णाली नदी व्यबस्थापनको लापरबाहीले सरकारको महत्वाकाक्षीं आयोजन तटबन्ध बगाउँदा जोखिम परेका बस्ती बचाउँन र तत्काल आन्तरिक श्रोत जुटाएर नदि नियन्त्रण गर्न सिडिओ पहलकदमी साह्रै राम्रो सर्वसाधरणले प्रतिक्रिया दिन्छन् ।

कोरोना संंक्रमण समुदायमा फैलनबाट बचाउन सिडिओ अधिकारीको महत्वपूर्ण भूमिका रहेको छ । स्वाव संकलनको दायरा फराकीलो पार्न पनि उनि सफल देखिएका छन् । बर्दियाका सिडिओलाई सफल बनाउन बाँकेका सिडिओ कुरुम्बाङसँगको सहकार्य राम्रो भएको स्थानीयले बुझेका छन् । सहकार्यका कारण स्वाव संकलनको पीसीआर रिपोर्ट छिटो भन्दा छिटो आम सर्वसाधारणले पाईरहेका छन् । अन्यत्र जिल्लामा पीसीआर रिपोर्टको लागि हप्ता दिन कुर्नपर्ने बाँके र बर्दियाबासीलाई सिडिओको सहकार्यका कारण दुख झेल्नु परेको छैन ।

बाँकेका सिडिओ राम बहादुर कुरुम्बाङ एक महिना अघि सरुवा भए त्यस लगत्तै बर्दियाका सिडिओ लिलाधर अधिकारी बर्दिया सरुवा भएर आएछि दुई सिडिओ विचको सहकार्यबाट बाँके र बर्दियामा सफल कार्य भईरहेको बिभिन्न घटनाले पुष्टि गर्छ । कुरुम्बाङले १८ महिना बर्दियाको सिडिओ जिम्मेवारीमा बसिसकेका छन् । सिडिओ कुरुम्बाङ बर्दियाबासीको आखामा पनि नबिझाएका मध्यका सिडिओ पर्छन ।

फुर्सदको समय कुरुम्बाङले बर्दियाको विकासमा र समस्यामा चासो राख्दै आएका छन् । भ्रमण वा अनुगमनमा कुरुम्बाङको रोजाईमा बर्दिया पर्छ । बिकास प्रेमी प्रशासक कुरुम्बाङले गाउँ गाउँमा पुराएको दिएको सेवा र जनमैत्री सिडिओको व्यबहारले कुरुम्बाङलाई सम्झन बर्दियाबासी बाध्य भएका हुन । बर्दियामा निमार्ण भएको हुलाकी सडकले पुर्णता पाउनुमा कुरुम्बाङलाई श्रेय जान्छ । जिल्लाको बरदान भएर पनि अभिसाप साबित भएका बबई र कर्णाली नदीमा भएको तटबन्ध निर्माण उनको कार्यकालमा सक्रियता साथ लागेर अतुलनिय योगदान गरेका कारण बर्दियाबासी माझ लोकप्रिय भएका हुन ।

संक्रमणकालको अवस्थामा बाँकेका सिडिओ कुरुम्बाङको नेतृत्वमा सीमा क्षेत्रम परिचालित सुरक्षाकर्मीले नेपालगंज भन्सार कार्यालयले अवैध कपडाको राजश्व साउन महिनामा मात्र ८ गुना वा ८ करोड बराबर राजश्व संकलन गरेको रर्कडले बताउँछ । यसअघि वर्षदिनमा १ करोड बराबरको राजश्व मात्र संकलन भएको देखिन्छ । जसले गर्दा बाँकेमा रहेको खुला सीमामा अवैध कारोबार निस्तेज भएको पुष्टि गर्छ । बाँके र बर्दियाको संयुक्त बैठकमा बसेको निर्णयले विकासका निर्माणमा पनि सहयोग पुगिरहेको छ । आधा दर्जन विकासका कार्यालयहरु बाँकेमा छन् । जसकारण बाँके र बर्दियामा विकासको कार्यहरु पनि तिब्र रुपमा भइरहेको सहकार्यताले दर्शाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर