काठमांडौ । कोरोना बीमाको नयाँ मापदण्ड सच्याउन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आग्रह गरेका छन् ।
निजी प्रयोगशालामा गरिएको पीसीआरको रिपोर्टले कोरोना बिमाको भुक्तानी नपाइने बिमा समितिले बनाएपछि उपाध्यक्ष गोल्छाले उक्त मापदण्डलाई सच्याउन आग्रह गरेका हुन् ।
सरकारले निजी प्रयोगशालाहरुलाई कोरोना परिक्षण गर्ने अनुमति दिएको हुँदा बिमा समितिले निजी प्रयोगशालाको रिपार्ट अमान्य हुने कुरा गलत भएको उपाध्यक्ष गोल्छाले बताए । साथै बिमा समितिको नयाँ मापदण्डका कारण बिमाप्रतिको विश्वसनीयता घट्ने उनले बताए ।
उपाध्यक्ष गोल्छाले सामाजिक सञ्जाल ट्वीटरमा पनि बिमा समितिको नयाँ मापदण्डको विरोध समेत गरेका छन् भने यस समस्याको समाधान छिटो भन्दा छिटो गर्न बिमा समिति र सरकारलाई आग्रह गरेका छन् ।
आइतबार, भदौ २१, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host