सोमबार, भदौ २२, २०७७
मा प्रकाशित
0
Shares
सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।
जुम्लामा दिनहुँ कोरोना संक्रमणको दर बढ्दो छ । श्रेष्ठलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गर्दा रिपोेर्ट पाजेटिभ आएकोे उनले बताए । उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई नआत्तीन आग्रह गरेका छन् । अहिले उनी होम आइसोलेसनमा रहेको र कुनै किसिमका लक्षण नदेखिएको श्रेष्ठले जानकारी गराए ।