बर्दियामा ७ र बाँकेमा ६ जनामा कोरोना पुष्टि
सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

बर्दिया र बाँकेमा सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा सोमवार बर्दियाका ७ र बाँकेका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै बाँकेमा जम्मा पोजेटिभको संख्या १ हजार २ सय ५७ पुगेको छ । हालसम्म बाँकेमा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा सोमवार बर्दियाको मधुवन नगरपालिकाका ६ जना र ठाकुरबाबा नगरपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर