सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । २१ जना अझै बेपत्ता छन् ।
बुधबार राति साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन बढि घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा सोमबार अन्दाजी ३४ वर्षीय पुरुषको शव बढीगाड गाउँपालिका –७ स्थित बढीगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक मध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ । पहिचान हुन बाँकी दुईजनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर