बेद प्रकाश गुप्ता
बर्दिया, भदौ २३ ।
‘रोजगारी छैन । गोजीमा दाम पनि छैन ,’ लामो सुस्केरा हाल्दै ५५ वर्षिय गुलरियाका राम लोध पासीले भने, ‘कति महिना भै सक्यो भोकै बस्न थालेको, हाम्रो पीडा कसले बुझ्छ र ?’
महिनौ दिन देखि एक छाक खाने धेरै छन् । एक छाकको व्यबस्था नहुदा भोकले मर्ने हो कि भनेर चिन्ता बढेको उनले सुनाए ।
गाडीका मजदुर ओम भुजुवा सहचालकका रुपमा काम गर्थे । गाडीको मजदुरी गरेर घर धानेका भुजुवाले परम्परागत पेशा छाडिसकेका छन् ।
भुजा, बदाम भुट्ने भुटे वापत शुल्क लिने भुजुवाको परम्परागत पेशा हो । पुर्खाले गरेको पेशा छाडेर बैकल्पिक पेशा गाडी रोजेका उनको परिवार भोकभोकै बस्न बाध्य छ ।
फोटाक्याप्सनः पूर्व पश्चिम राजमार्गमा पर्ने सुनसान बाँसगढी बजार । तस्बिर÷फरकसमाचार डटकम
‘रुपैया छैन त के खाने ’उनले प्रतिप्रश्न गर्दे संबाददाता सँग भने, ‘हामी गरिबसँग के छ र खाने ? सबै कुरा त तपाई थाहा छ ।’
कोरोना कहर सुरु भएलगत्तै स्थानीय तहका वडाका जनप्रतिनिधिले केहि चामल, दाल, तेल र नुन उपलब्ध गराएको उनले सुनाए । तेल, चामल कति दिन चल्ने होला र ? उनी भन्छन ‘त्यसपछि हामीले के खाएम कसैले सोध्न आएका छैनन् ।’
काम बिहिन भएर र भाकै बस्नु पिडा खपिनसक्नु भएको उनी बताउँछन् । उनका अनुसार गुलरिया बजार क्षेत्रका काम बिहिन बिपन्न परिवारको चुलोमा आगो बलेको छैन ।
हाम्रो बजारमा एक छाक खान लागेको महिनौ नाघिसकेको बजार एक रिक्सा चालकले बताए । ‘हामीसँग जग्गा छैन, रिक्सा गुडदैन,अनि हाम्रो छाक कसरी टर्छ । ’गाउँ घरमा भोकै बस्न पर्ने बाध्यता न्यून भएपनि बजार क्षेत्रका मध्यम बर्गियलाई पनि एक छाक जोहो गर्न गाह्रो छ । तराई क्षेत्रमा गरिएको एक सर्बेक्षण रिपोर्टबाट पुष्टि भईसकेको छ ।