मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित

२३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।
उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो । साउन १४ गतेदेखि नै उनी अस्पतालमा भर्ना भएर उपचार गराउँदै आएका थिए ।
उनमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर