मङ्गलबार, भदौ २३, २०७७
मा प्रकाशित
0
Shares
बाँके, भदौ २३ । नेपालगंज मेडिकल कलेजमा उपचारकोे क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँची सितगंगा वडा नं.१२ बस्ने ४२ वर्षका पुरुषको मृत्यु भएको हो । यस संगै बाँकेमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले बताए ।