मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित

बर्दिया, भदौ २३ । बर्दियामा मंगलबार १९ र बाँकेमा १४ जना कोरोना संक्रमित थपिएका छन् । बाँसगढी नगरपाालिकामा गरिएको स्वाब संकलनको रिपोर्टमा १९ जना लाई कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये १२ जना बासँगढी नगरपालिकाका स्थानीय रहेको खुलेको छ । अन्य जिल्ला नवलपरासीका १, सिराहाका १, मोरङका १ र सुनसरका १ जनालाई कोरोना पुष्टि भएको छ भने बर्दियाकोे बढैयाताल गाउँपालिकामा २ र बारबर्दियाको १ जनालाई कोरोना पुष्टि भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । सीजी फुड प्रालिका ४२ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बाँसगढी नगरपालिका शिल गरिएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेमा १४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर