काठमांडौ, भदौ २३ । कोरोनाबाट कपिलवस्तुमा नेपाल मै पहिलो पत्रकारको मृत्यु भएको छ। ६२ वर्षीय पत्रकार बनारसी बर्माको कोरोना संक्रमणबाट मृत्यु भएको हो। नेपाल पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसालले कोरोनाबाट नेपालमा पत्रकारले ज्यान गुमाएको पहिलो घटना भएको बताए।
दुबै मिर्गौला गुमाएका पत्रकार बर्मा सुगर उक्त रक्तचाप लगायतको रोगबाट ग्रसित थिए। उनले बिगत ४ महिनादेखि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा मिर्गौलाको डाइलासिस गराउदै आएका थिए। मिर्गौला समस्या, सुगर र उच्च रक्तचापबाट ग्रसित पत्रकारको मृत्युपछि कोरोना पुष्टि स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
दीर्घ रोगबाट पीडित पत्रकारको बिहान निवासमै श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल पु¥याएका थिए। परिवारले सामान्य रुघाखोकी जस्तै लक्षण देखिएको र श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल लगेका बर्माको अस्पताले मृत्यु भएको पुष्टि गरेको थियो। मृतकका छोरा अजय बर्मा गत भदौ ८ मै संक्रमित भएका थिए।
हाल उनी आफ्नै घरमा बस्दै आएका छन्। अजयकी श्रीमती समेत संक्रमित पुष्टि भएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए। सोमबार साँझ कोरोना पुष्टि भएपछि मृतकको शवलाई नेपाली सेना र सशस्त्र प्रहरीको शव ब्यवस्थापन बिशेष टोलीले एम्बुलेन्समा शव स्थानीय रामघाटमा राति नै लगेका थियो। शवलाई ११ बजे राति नै जलाएर ब्यवस्थापन गरिएको थियो।
मृतक नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको संस्थापन सदस्य थिए। ३० वर्ष पत्रकारितामा लागेका उनी पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत थिए।
मृत्युपछि हतारहतारमा कोरोना रिपाेर्ट, रिपाेर्टमा लापरवाही गरको मृतक परिवारको आरोप
दीर्घ राेगले थलिएका पत्रकार बनारसी बर्माको स्वाब गत भदौ १३ गते तौलिहवा स्थित बुद्धपद उमाबिमा लिईएको थियो। मृतकका ठूलो छोरा अजय बर्मा गत भदाैं ८ गते संक्रमित पुष्टि भएका थिए। त्यसैका आधारमा गत भदौ १३ गते मृतक बर्मासहित ११ जनाले स्वाब दिएका थिए। त्यस मध्ये मृतक बनारसी बर्माको बुहारीको गत भदौ २१ गते पोजेटिभ रिपाेर्ट आएकोे कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश थापाले बताए। मृतक बर्माको रिपाेर्ट भने सोमाबार साँझ ६ बजे मात्र आएको थियो।
पत्रकार बर्माको मृत्युपछि पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसालको आग्रहपछि प्रजिअ दीर्घनारायण पौडेलले जिल्ला स्वास्थ्य कार्यालयमा स्वाबको विषयमा चासो देखाएका थिए। सो लगत्तै स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले प्रादेशिक अस्पताल बुटवलमा घटना बारे अवगत गराएका थिए। पत्रकार बर्माको निधन भएपछि थन्काएर राखिएको स्वाब खोजेर हतारहतारमा सोमाबार दिउँसो कोरोना परीक्षण गरिएकोे थियो।
पोजेटिभ देखिएको रिपोर्ट भने मृतकका परिवारलाई सोमाबार साँझ ६ बजे मात्र प्राप्त भएको थियो। मृतकका छोरा अजय बर्माले बुवाको मृत्युपछि बल्ल कोरोनाको रिपाेर्ट सोमबार साँझ फोन मार्फत जानकारी पाएको बताए। ‘बुवासहित ११ जना परिवारको स्वाब दिएका थियौ तर बुवाको मृत्युपछि १० दिनमा बल्ल रिपाेर्ट पायौ ’ उनले दुःखी हुँदै भने। बाँकी १० जनाको अझै रिपोर्ट नआएको उनले गुनासो गरे।
स्वाब संकलन मिति नै गतल
पत्रकार बर्माको स्वाब गत भदौ १३ गते लिइएको थियो। तर लुम्बिनी प्रादेशिक अस्पतालले बर्माकोे मृत्युपछि गत भदौ २२ गते स्वाब लिएको रिपोर्टमा देखाएको छ। र त्यही दिन नै पोजेटिभ रिपोर्ट निकालेको छ। स्वाब लिएको मिति गलत भएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले पनि मृतकका बर्माको स्वाब भदौं १३ गते नै लिइएको बताए।
बर्माको निधनपछि प्रादेशिक अस्पताल बुटवलमा थन्किएर बसेको स्वाबलाई जिन एक्सर्ट मेशिनको माध्यमबाट पीरक्षण गरी प्रतिबेदन निकालिएको बताए। उनले स्वाब संकलनको मिति फरक परेको स्वीकार गरे। संयोजक गुप्ताले गत भदौ १३ गते बर्मासहित ७८ जनाको स्वाब संकलन गरिएको बताए। त्यसमध्ये भदौ २१ गते ५ जना र भदौ २२ गते एक जनाको मात्र रिपोर्ट आएको बताए।
अझै ७२ जनको रिपोर्ट आउन बाँकी रहेको उनले बताए। संयोजक गुप्ताले १० दिन बढी हुँदासम्म पनि रिपोर्ट नआउदा स्वाब संकलनमा बाधा पुगेको बताए। ‘१० दिन बढी भयो लिइएको स्वाबको अझै सम्म रिपोर्ट आउदैन, अब नयाँ स्वाब कसरी संकलन गर्ने’ उनले भने। साभार : नागरिक दैनिक