महाधिबेशनमा अस्वस्थ प्रतिस्पर्धा र अलोचनाको परम्परा त्यागौः नेता गौतम
बर्दिया, भदौ २४ (फरकसमाचार)
नेपाली कांगे्रसका बरिष्ठ नेता संजय गौतमले नजिकैको आईरहेको महाधिबेशनमा अस्वस्थ प्रतिस्पर्धा र आलोचनालाई त्यागेर स्वस्थ आलोचना र प्रतिस्पर्धालाई स्वागत गर्न आग्रह गरेका छन् ।
बिपिको मार्ग निर्देशन नभुल्न कार्यकर्ता समक्ष आग्रह गर्दै पार्टीले स्थापित गरेको मूल्य मान्यता र स्थापित बिचारलाई आत्मसाथ गरेर अघि बढ्न पर्ने नेता गौतमले बताए । बर्दियाको गुलरिया स्थित नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पार्टी कार्यालयमा आयोजित बिपि दिवसको अवसरमा बिपिको माग निर्देशन नभुलेर कार्यकर्ता बिचारमूखी हुन कार्यकर्तालाई आग्रह गरे ।
‘कार्यकर्ता बिचार मुखी नभएर स्वार्थ मुखी हुन थालेको आभास भएको छ’ उनले भने, ‘यतिबेला सबैले स्वार्थ त्यागेर पार्टीका निति र सिद्धान्त अनुरुप चल्न प¥यो ।’
बिपिले जस्तै पार्टी र जनताको हकहितमा काम गर्न उनले सुझाए । अहिलेको अवस्थामा स्थानीय तह देखि केन्द्र सम्म भईरहेको व्याप्त भ्रष्टाचारले सुशासनमा प्रश्न चिन्ह गरेको उनले उल्लेख गरे । भ्रष्टाचार बढेकोमा उनले चिन्ता व्यक्त गरे । हामीले स्थापित गरेको संबिधान र संबिधानको कार्यान्वयनको पक्षमा पार्टी रहेको बेला सत्ताधारी राजनैतिक दलका नेताको निष्ठामा समस्या आईरहेकाले नेपाली कांग्रेसले बिपिले देखाएको बाटोलाई पच्छाउँदै सुशासन र मुलुकलाई समृद्ध तर्फ लैजाने र जनता नेपाली कांग्रेसको पक्षमा भएकोे असहज अवस्थामा पार्टीलाई चुनौती खडा भएको उनले धारणा राखे ।
समय र परिस्थिती अफ्ठ्यारो भएको अबस्थामा राजनितिक दलले चुनौती खडा गरेकाले चुनौतीलाई चिर्दै अघि बढ्नुको विकल्प नरहेको नेता गौतमले कार्यकर्ता समक्ष आग्रह गरे ।