बर्दियामा ६ र बाँकेमा ५२ जनामा कोरोना पुष्टि
बुधबार, भदौ २४, २०७७ मा प्रकाशित

बर्दिया भदौ २४ । बर्दिया र बाँकेमा ५८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरेको ७ सय ३७ स्वाब परिक्षणमा बुधबार बाँकेका ५२ जना र बर्दियाका ६ जनालाई संक्रमण पुष्टि भएको हो ।
बर्दियामा कोरोना पुुष्टि भएका मध्ये ३ जना पुरुष र ३ जना महिला रहेका छन् । जस मध्ये गुलरिया ६ का ३ जना महिला र १ जना पुरुष छन् भने गुलरिया १ का १ जना र गुलरिया १२ का १ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर