कोरोना पीडित पत्रकार पन्थीले पाए एक लाख !
बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित

उच्च मनोबलका भए मात्र कोरोना जित्न सकिने र राम्रो खान पान, नियमित व्याम, गुर्जो र बेसार पानीले कोरोना जित्न सफल भएको पन्थीले दाबी गरे ।

 

भदौ २५ (फरकसमाचार) कोरोना पीडित पत्रकार कमल पन्थीले एक लाख रकम पत्रकार महासंघ ५ नम्बर प्रदेशले बिहिबार उपलब्ध गराएको छ । नेपाल पत्रकार महासंघका प्रदेश ५ का महासचिव भेषराज बस्नेतले कमल पन्थीको गुलरियास्थित ५ नम्बर वडामा घरमा गएर एक कार्यक्रम विच हस्तान्तर गरे । कोरोना पीडित पन्थीलाई उपलब्ध गराएको रकम ईन्सुरेन्स मार्फत केसीले पहल गरेर निकासा गरेका थिए । महासंघले सक्रिय पत्रकारको कोरोना बिमा यसअघि नै गरेको थियो । समाचार संकलनको क्रममा पन्थी कोरोना संक्रमित पुष्टि भएपछि राहत स्वरुप उपलब्ध गराउँनु महासंघको सह्रानियकाम भएको पन्थीले बताए । उनले आफु कोरोना जित्न पनि सफल भएको बताएका छन् । लामो समय घरकै आईसोलेसनमा पन्थी बसेका थिए । उनलाई कारोनाका लक्षण देखिएको थिएन । संक्रमितलाई रोगको डर भन्दा समाजको डर भएको पन्थीले बताए ।‘संक्रमितलाई समाजले अपराध गरेको दृष्टिकोणले हर्ने दृष्टि त्यागेर समाजले संक्रमितको उच्च मनोबल राख्नु पर्छ,’ उनले भने, ‘तर, संक्रमितलाई समाजले अपहेलना गर्ने गरेको छ ।’ उच्च मनोबलका भए मात्र कोरोना जित्ने सकिने उनले बताए । राम्रो खान पान, नियमित व्याम, गुर्जो र बेसार पानीले कोरोना जित्न सफल भएको उनले दाबी गरे । पन्थी लामो समय देखि कान्तिपुर दैनिकमा आबद्ध छन् । कार्यक्रममा महासंघका बर्दियाका अध्यक्ष राजेन्द्र धिताल,पत्रकार यम घिमिरे,दिपक शर्मा र भिमउचै ठकुरी रकम हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए । केसीका अनुसार ९ जना संक्रमित मध्य आठ जना कारोना जितिसकेका छन् । प्रदेश सरकारले ७ सय जना बढि पत्रकारलाई कोरोना बिमा शिखर ईन्सुरेन्स, बुटवलले गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर