शनिबार, भदौ २७, २०७७
मा प्रकाशित
0
Shares
बेद प्रकाश गुप्ता
बर्दिया, भदौ २७ ।
बर्दियाको बबई नदीमा शनिबार दिउसो १ जना बेपत्ता भएका छन् ।
गुलरिया नगरपालिका वडा नं. ५ का २२ वर्षीय सनी थारु नदीमा बेपत्ता भएका हुन् ।
नदीमा पौडी खेल्न गएपखि बेपत्ता भएका सनी थारुको खोजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् तालिम प्राप्त टोली बोट सहित परिचालित छन् ।
सशस्त्र प्रहरीले खोजी कार्य तीब्र पारेको एसपि एनबि रावतले जानकारी गराए ।