बर्दियामा ६१ कोरोना संक्रमित थपिए
आइतबार, भदौ २८, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता
बर्दिया, भदौ २८ (फरकसमाचार)

बर्दियामा ६१ जना कोरोना संक्रमित आईतबार थपिएका छन् । बाँसगढी नगरपालिकाका ५८ जना र बढैयाताल गाउँपालिका ३ जना गरी ६१ जना कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गोेकर्ण गिरीले जानकारी दिए । १ सय ९९ जनाको स्वाब परीक्षका लागी दाङ स्थित राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानमा परीक्षणका लागि स्वाव पठाईएको थियो । ६१ जना कोरोना संक्रमित मध्य २५ पुरुष र ३६ जना महिला संक्रमित थपिएका हुन । ६१ जना कोरोना संक्रमित थपिएपछि कोराना संक्रमितकोे संख्या ५ सय १५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर