बेद प्रकाश गुप्ता
बर्दिया, भदौ २९ । कृष्णसार युथ स्पोर्टस क्लब गुलरियाले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ । अमेरिका स्थित नेपाल गुठी एशोेसिएसन पेन्सल भेनिया अमेरिकाको आर्थिक सहयोगमा आयोजक कृष्णसार युथ स्पोर्टस क्लबले गुलरिया वडा नं. ५ का ६० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाल गुठी एशोसिएसन पेन्सल भेनिया अमेरिका एक सामाजिक काम गर्ने संस्था हो । वरिष्ठ पत्रकार तथा वडा नं. ५ का वडा सदस्य समेत रहेका युवराज श्रेष्ठको पहलमा अमेरिकामा रहेको उक्त संस्थाको आर्थिक सहयोगमा ६० विपन्नवर्गीय परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोगमा आर्थिक सहयोग उपलब्ध गराई डा. केशव भण्डारी र गुठीका अध्यक्ष बिमल मोक्तानले महत्वपूूर्ण भूमिका निभाएको श्रेष्ठले बताए ।
क्लबले वडा नं. ५ को स्थानीयबासीको समन्वयमा विपन्न परिवारको नाम संकलन गरी खाद्यान्न वितरण गरेको हो । बन्दाबन्दीको समयमा कोरोना महामारीको समयमा गरिव तथा अति विपन्न परिवारलाई भोकमरीले मर्न नपरोस् भनि विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको श्रेष्ठले जानकारी गराए । कृष्णसार युथ स्पोर्टस क्लब गुलरियाको आयोजना तथा नेपाल गुठी एशोेसिएसन पेन्सल भेनिया अमेरिकाको आर्थिक सहयोगमा ६० घरपरिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लीटर तेल, १ प्याकेट सोयाबीन र १ किलो नुन उपलब्ध गराएको छ । यस महामारीको बेलाबखत आफुले सक्ने सहयोग गर्नहुन सम्पुर्ण सहयोगी मनकारी मनहरुलाई समेत श्रेष्ठले आग्रह गरेका छन् । आउने दिनहरुमा पनि विपन्न परिवारका लागि थप राहत सामाग्रीको लागि पहल गर्ने समेत श्रेष्ठले आश्वासन दिएका छन् ।