१० किलो अफिम सहित २ पक्राउ
सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

बाँके, २९ भदौ । बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार विहानै दाङ जिल्लाबाट बाँके जिल्ला ल्याउने क्रममा १० किलो लागुऔषध अफिम जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको हो ।

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका १ कुशुमबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लुकाई छिपाई राखेको अवस्थामा बाँके जिल्लामा ल्याईरहेको लागुऔषध अफिम विशेष सुचनाको आधारमा नियन्त्रणमा लिईएको सोमवार पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ ।

जिल्ला रुकुम पुथा उत्तरगंगा गाउँपालिका ८ का ५३ बर्षिय धन बहादुर सेनर र जिल्ला दाङ घोराही उपमहानगरपालिका १९ बस्ने २४ बर्षिय बसन्त घर्तिमगरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर