सोमबार, भदौ २९, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया भदौ २९ ।
बबई नदीमा १ जनाको शव फेला परेको छ । बारबर्दियाको वडा नं. १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदी स्थित थपुवामा फेला परेको छ । माछा मार्न गएका बेला नदीमा डुवेर बेपत्ता भएका थिए ।
यस्तै, गुलरिया नगरपालिका वडा नं. १० बस्ने २२ वर्षीय शनि थारु बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । एक जनाको शव फेला परेको र नदीमा डुवेर बेपत्ता भएका शनिको खोजीकार्य तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी बताए ।