शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित

असोज २, काठमाडौं । चोरीमा संलग्न भएको आशंकामा सोधपुछका लागि ल्याइएका चार जना व्यक्ति हिरासतबाटै फरार भएका छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट चार जना आशंकित व्यक्ति गएराति फरार भएका हुन् ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार ड्यूटी अफिसर सुतेको बेला हत्कडीसहित अनिल जैसवाल, सुजित गुप्ता, अंशु जैसवाल र रविन्द्र अग्रवाल भागेको पाइएको छ । प्रहरीले उनीहरुले लगाएको एउटा हत्कडी भने बरामद गरेको छ ।

फरार चारै जनाको खोजी भइरहेको राठौरले बताए । साभार : अनलाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर