जितभन्दा पहिले बाइडेनले सुरु गरे बिल्ड ब्याक बेटर नामको ट्रान्जिसनल वेबसाइट
बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित

२० कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा जुन उम्मेदवारले जित्दछन् उनले जनवरी महिनामा ह्वाइट हाउस जाने तयारीको लागि आफ्नो ट्रान्जिसनल टिम बनाउने गर्छन्।

अहिलेसम्म अमेरिकी चुनावको अन्तिम परिणाम आएको छैन। तर जो बाइडेनले बिल्ड बैक बेटर नामको ट्रान्जिसनल वेबसाइट सुरु गरेका छन्।

जो बाइडेन र डोनाल्ड ट्रम्प दुवै जनाले आफूले चुनाव जित्ने बताइरहेका छन्।

जो बाइडेनकाे बिल्ड बैक बेटर वेबसाइटमा लेखिएको छ– ‘देशले धेरै तरिकाको संकटको सामना गरिरहेको छ, महामारी, आर्थिक मन्दी, जलवायु परिर्वतन, नश्लीय अन्याय लगायतका गम्भिर समस्याहरु छन्।

ट्रान्जिसनल टीम पुरा तयारीका साथ यस्ता समस्याको सामाधानको लागी पहिलो दिनदेखि नै बाइडेन–हेरिस प्रशासनले काम सुरु गर्नेछ।’

बुधबार बाइडेनलेआफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिका सहभागी हुने बताएका छन्। बुधबार नै अमेरिका पेरिस सम्झौताबाट आधिकारिक रुपमा बाहिरिएको थियो। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर