फरकसमाचार
बर्दिया, पुस २७ / उन्मुख युवा समाज गुलरियाको आयोजनामा अण्डर नाइन्टिन फोकस्ड ब्वाएज कपको उपाधि गुलरिया स्टारले जित्न सफल भएको छ ।
आइतबार फाइनल खेलमा गुलरिया स्टार र गुलरिया सुपर स्ट्राइकर बिच खेल भएको थियो । फाइनल खेलमा गुलरिया स्टारले खेल जितेको छ । शनिबार भएको दुई चरणको खेलमा गुलरिया स्टार र गुलरिया सुपर स्ट्राइकर विजय भई फाइनल खेलमा प्रवेश गरेका थिए । गुलरिय स्टारले टस जितेर बलिङ गरेको थियो ।
गुलरिया स्ट्राइकरले व्याटिङमा १ सय ४५ रन बनाएको थियो ।
१ सय ४६ रनको लक्ष्य पछ्याउदै १८.३ बलमा लक्ष्य प्राप्त गर्दै गुलरिया स्टारले खेल जित्न सफल भएको थियो । खेलमा म्यान अफ द म्याच रहमान खान(पोल आर्ट) भएका छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी जतिन श्रेष्ठ भएका छन् त्यसैगरी रुपेश थापाले ५८ रन बनाएर उत्कृष्ट ब्याट म्यानको उपाधि प्राप्त गरेका छन् ।
खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको उन्मुख युवा समाज गुलरियाका अध्यक्ष हिमांसु पोखरेलले बताए । खेल गुलरिया नगरपालिकाको सहयोगमा भएको आयोजकले जानकारी दिएको छ ।