लेखक रमेश थापा पूर्व वार्डैन हुन
नेपालमा २०४६ सालको परिवर्तन पछि नेपाल अधिराज्यको संबिधान, २०४७ जारी भयो । नया संबिधान बमोजिम हुने संसदिय निर्वाचनको सरगर्मी बढीरहेको थियो । भरखरै पार्टी एकीकरण भएर बनेको नेकपा एमाले पार्टीले नया जोश र उत्साहका साथ आफ्ना कार्यकर्ताहरुलाई मैदानमा खटाइरहेको थियो । नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रमपछि बामदेव गौतमले मलाई पनि बर्दिया खटाउनु भयो । हाम्रो टोली नेता बर्दिया जिल्ला कमिटी सचिव गणेश भट्टराई हुनुहुन्थ्यो । हामी नेपालगञ्जबाट साईकिल चढेर बर्दियातिर लाग्यौं । भरखर खुला राजनीतिमा आएको र माले र मार्क्सवादी एकीकृत भएर नया पार्टी बनेको हुँदा धेरैले धेरैलाइ पहिलो पटक चिन्ने अवसर मिलेको जस्तो लाग्दथ्यो । पहिलो दिन गुलरीया पुगेर त्यहिं बिश्राम गर्ने कार्यक्रम रहेछ । हामी पुग्दा एक हुल उत्साहित साथीहरु रङ्ग, ब्रुस तयार गर्दै थिए । अर्काथरी साथीहरु लेख्ने नारा तयार गर्दै थिए । साँझ नेता कार्यकर्ताहरुको बसाइ भयो । गणेश भट्टराईले आँफु बर्दिया क्षेत्र नंबर ३ बाट पार्टीको सम्भावित उम्मेदवार रहेको कुरा राख्नु भयो । रात निकै छिप्पिइसकेको थियो । हामी सुत्न गयौं, केही साथिहरु रङ्ग, ब्रुस बोकेर हिंड्नु भयो । भोलीपल्ट बिहान गुलरिया बजार झिलिमिलि हुने गरी साथीहरुले भित्ते लेखन गर्नु भएको रहेछ ।
अर्को दिन हामी पदनाहा हुँदै बड्कि डेउडा पुगेर बास बस्यौं । त्यहाँ पनि कार्यकर्ता भेटघाट कार्यक्रम रहेछ । गणेश भट्टराईले गुलरीयामा भनेकै कुराहरु दोहोर्याउनु भयो । त्यसको भोलीपल्ट बिहान ककौरा पुगेर कार्यक्रम गरियो । ककौरामा आफुले चिनेका निर्मल सुबेदी, बुध्दिसागर अधिकारी लगायतका साथिहरु पनि भेट हुनु भयो ।
त्यहाँ पनि गणेशले आफुलाई बर्दिया ३ नंबर क्षेत्रको सम्भावित उम्मेदवारको रुपमा प्रस्तुत गर्नु भयो । ककौराको कार्यक्रम पछि हामी आ(आफ्नो बाटो लाग्यौं । केही समयपछि पार्टीले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गर्यो । बर्दिया क्षेत्र नंबर ३ मा एमालेको उम्मेदवार गोबिन्द राज ज्ञवालीको नाम आयो । मैले यो नाम पहिलो पटक सुनेको थिएँ । पछि बुझ्दै जाँदा वहाँ मार्क्सवादीको पोलिटब्युरो सदस्य र पार्टी एकीकरण हुँदा एमालेको केन्द्रिय सदस्य रहनु भएको भन्ने थाहा भयो । त्यतिबेला केन्द्रिय सदस्य भनेको धेरै ठूलो पद हुन्थ्यो । त्यसबखत म रारा राष्ट्रिय निकुञ्जमा कार्यरत थिएँ । लक्ष्मण ज्ञवालीले गठन गरेको नेकपा एमाले, जिल्ला कमिटी मुगुको पहिलो जिल्ला कमिटीमा म पनि परेको थिएँ । चन्द्र बहादुर शाही सचिव, दुइ जना कर्मचारी र एक जना शिक्षक गरी चार जनाको जिल्ला कमिटी थियो । मलाई पार्टीले मुगुमा समेत केही महत्वपूर्ण जिम्मेवारी दिएको थियो । निर्वाचन नजिकिंदै गएकोले म मुगु फर्किएँ । चुनाव सम्पन्न भयो । गोबिन्द ज्ञवालीले चुनाव जितेर सांसद बन्नु भयो । म राराबाट बर्दिया सरुवा भएर आउँदा गोबिन्द राज ज्ञवाली यही क्षेत्रको सांसद हुनुहुन्थ्यो । त्यतिबेलै देखि गोबिन्द ज्ञवालीसंग राम्रो सम्बन्ध रही आएको छ । मैले वहाँलाई आदरपूर्वक दाइ भनेर सम्बोधन गर्ने गर्दछु । निकुञ्ज र निकुञ्ज प्रभावित क्षेत्रका जनसमुदायका बीच सुमधुर अन्तर सम्बन्ध कसरी कायम गर्न सकिन्छ भन्ने बिषयमा वहाँ बिचार बिमर्श गर्नुहुन्थ्यो । वहाँले सांसद भएका बखत खैरापुर स्थित कृष्णसार संरक्षण क्षेत्रको जग्गा अधिग्रहण गर्नका लागि बजेट निकाशा गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । निकुञ्जमा आयोजना हरेक कार्यक्रममा वहाँ सहभागि हुने गर्नुहुन्थ्यो । यसले गर्दा पनि निकट सम्पर्कमा रहन मद्दत पुर्याएको थियो ।
अनेकौं उतार चढावहरु पार गर्दै यहाँसम्म आइपुग्दा गोबिन्द दाइसंग मेरो सम्बन्ध एउटै परिवारको सदस्य जस्तै बनेको छ । गोबिन्द दाइ काठमाण्डौबाट दाङ्ग हुँदै कोहलपुर पुग्नु भएको रहेछ । मलाइ फोन गरेर यता आउने काम पर्यो भने भेट गर्नु है हामी पनि बर्दिया जाने हो भन्नु भएको थियो । तर मैले त्यस्तो अनुकुल मिलाउन सकिंन । भाई रामजीलाई नेपालगञ्ज जाँदा फर्किने क्रममा दाई भाउजुलाई लिएर आउने ब्यवस्था मिलाउनु भनेको थिएँ । म बाहिर रहेको बेला भाई रामजीले वहाँहरुलाई कोहलपुरबाट ल्याई घर पुर्याउने ब्यवस्था गरिदिएका रहेछन । फोनमा कुराकानी भएता पनि भेटघाट गर्ने अवसर मिलेको थिएन । त्यसैले भेट गर्नकै लागि म सूर्यपटुवा खैरेनी स्थित वहाँको घरमा पुगें । लामो समय पछिको भेटघाटमा बढी घरायसी कुराकानी भए । मैले बिच बिचमा बर्तमान राजनीतिक अवस्थाका बारेमा जिज्ञाँसा राख्दथे तर दाइले त्यति चासो दिनुभएन । छिटपुट कुराकानीकै बीच वहाँका केही भनाइहरु टिपोट गरें । वहाँले सरसर्ती आफ्ना भनाइहरु यसरी राख्नु भएको थियो ।
गोविन्द ज्ञवनलीको घर
ूमेरो जन्म गुल्मी जिल्लाको मानकोटमा बि।सं।१९९९ मा भएको हो । सस्कृत साहित्य अध्ययनका लागि २०१७ सालमा बनारस गएको थिएँ । बनारसमा रहेको सम्पूर्णानन्द बिश्वविद्यालयमा पढाइ शुरु गरें । मेरो साथी मोदनाथ प्रश्रीत हुनुहुन्थ्यो । मैले डेरा गरेर बसेकै घरमा पुष्पलाल पनि बस्नुहुँदोरहेछ । घरको छतमा वहाँसंग बारम्बार भेट हुने क्रममा हाम्रो सम्पर्क बढ्यो । म बिभिन्न बिषयमा छलफल गर्न रुचाउँथे । पुष्पलालसंगको भेटपछि म वहाँसंग राजनीतिक छलफलमा जुटें । म पुष्पलालको बिचारबाट प्रभावित भएँ र कम्युनिष्ट बिचारधारा अंगाले । बनारस अध्ययनकै क्रममा बि।सं।२०२३ सालमा तत्कालीन गुल्मी अर्घाखाँची संयुक्त जिल्ला कमिटीका सचिव खुबीराम आचार्य९ अर्घाखाँची० को हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएँ र त्यसै बर्ष गुल्मी जिल्ला कमिटि सदस्य बनें । त्यसको एक बर्षपछि २०२४ सालमा लुम्बिनी अञ्चल कमिटी सदस्यको जिम्मेवारी दिइयो । बि।सं।२०३५ सालमा पुष्पलालको मृत्यु पछि मलाई केन्द्रिय सदस्य र पोलिट्ब्युरो सदस्यको जिम्मेवारी दिइएको थियो । मोदनाथ प्रश्रीत, जीवराज आश्रीत, सिध्दिनाथ ज्ञवाली, देबेन्द्र घिमिरे९बुटवल०, मदनलाल पौडेल९बुटवल० , देबी पाण्डे९पाल्पा० र कुल प्रसाद नेपाल९पाल्पा० लगायतका साथीहरु हामी समकक्षी नै हौं । हामीहरुले एक अर्कासंग मिलेर लुम्बिनीको संगठन बिस्तारमा धेरै महत्वपूर्ण कामहरु गरेका हौं ू।
पुष्पलालसंगको भेट र वहाँसंगको लामो संगत तथा सहकार्यलाई गोबिन्द दाइले आफ्नो जीवनको स्वर्णिम अवसरका रुपमा लिएको बताउनु भयो । वहाँले बिगतलाई सम्झिंदै भन्नु भयो पुष्पलाललाई धेरैले छोडे तर मैले र बलराम उपाध्याले कहिल्यै पनि पुष्पलालको साथ छोडेनौं । वास्तवमा नेपालमा पुष्पलालले एउटा बामपन्थी राजनीतिक दृष्टिकोण निर्माण गर्नुभएको हो । यहि दृष्टिकोणको बिकास र बिस्तारकै क्रममा वहाँको बि।सं।२०३५ सालमा दुःखद निधन भयो । यसले नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भयो । संयोग नै भन्नु पर्छ पुष्पलालको मृत्युपछि वहाँका बिचार र दृष्टिकोणलाई राजनीतिमा ल्याउने काम सहाना प्रधानले गर्नु भयो । वहाँका कामहरुको प्रशंसकको रुपमा पुष्पलालको मृत्युपछि म सहाना प्रधानको साथमा रही राजनीतिमा कृयाशील रहें । नेपालमा निरङ्कुश एकदलीय पञ्चायति ब्यवस्था अन्त्य गरी बहुदलीय ब्यवस्था स्थापनाका लागि नेपाली काँग्रेस र बामपन्थी पार्टी बीच कार्यगत एकता चाहिन्छ भन्ने पुष्पलालको बिचारलाई तत्कालीन कम्युनिष्ट आन्दोलनका हस्तीहरुले धेरै बिरोध गरे । वहाँको मृत्यु भएको करीब दश बर्षपछि मात्र यो बिचार सर्वस्वीकार्य भयो । गणेशमान सिंहको नेतृत्वमा नेपाली कांग्रेसले पञ्चायत बिरोधी आन्दोलन अगाडी बढायो भने सहाना प्रधानको नेतृत्वमा बनेको बाम मोर्चा पनि पञ्चायत ढाल्ने युध्दमा होमियो । जसको फलस्वरुप बाम(कांग्रेस गठबन्धनको संयुक्त शक्तिका सामु टिक्न नसकेर २०४६ सालमा पञ्चायत ढल्यो र बहुदलीय ब्यवस्था पुनर्स्थापना भयो ।
माले र मार्क्सवादी एकीकरण हुने बेलाको प्रसंग सम्झिंदै गोबिन्द दाइ भन्नु हुन्छ ू मार्क्सवादीको भन्दा मालेको संगठन ठूलो थियो । यता मदन भण्डारीलाई पार्टी हाँक्नका लागि मनमोहन अधिकारी जस्तो इमान्दार, सरल र सक्षम नेतृत्व अनि साहना प्रधान जस्तो सबैले बिश्वास गर्ने नेताको खाँचो थियो भने उता मार्क्सवादी एक्लैको राष्ट्रिय राजनीतिमा धक्का दिन सक्ने क्षमता थिएन । त्यहि कारणले नेपालका दुई ठूला कम्युनिष्ट पार्टी बीच एकता हुन जरुरी थियो ।ू हाम्रो पार्टी नेकपा मार्क्सवादीको बैठक पोखरामा चलिरहेको थियो । नेकपा मालेको पनि पोखरामा बैठक रहेछ । मदन भण्डारी लगायत मालेका प्रायःसबै नेता पोखरामा थिए । यहि मेसोमा दुई पार्टीका बीच छलफल चल्यो । पोखराको आमसभामा मदन भण्डारीले माले र मार्क्सवादी दुइ ठूला पार्टी बिच एकता गर्ने, एकता हुन नसक्ने अवस्था आएमा मोर्चा बनाएर जाने भनी सम्बोधन गर्नु भयो । त्यसपछि हाम्रो पार्टीले पोखरा बैठकबाट नै पार्टी एकता गर्ने निर्णय गर्यो । पोखराबाट काठमाण्डौ फर्के पछि एकता बार्ताले गति लियो । मदन भण्डारीको दुरदृष्टिले पनि एकतालाई सहज बनायो ।
केही अनौपचारीक छलफलका श्रृंखला पार गर्दै दुबै पार्टीले आ(आफ्ना केन्द्रिय कमिटि भङ्ग गरेर एकता गर्ने निर्णय गरे । सोही बमोजिम हामी दुबै पार्टीका नेताहरु डल्लु स्थित प्रदिप नेपालको स्कुलमा जम्मा भयौं । पहिलाका अनौपचारीक छलफलमा मार्क्सवादीबाट अध्यक्ष र मालेबाट महासचिव रहने भनी लगभग तय भैसकेको थियो । भेलाले अनुमोदन गर्न मात्र बाँकी थियो । डल्लुको भेलामा मालेको तर्फबाट मदन भण्डारी,जिवराज आश्रित, माधव नेपाल, बामदेव गौतम, मुकुन्द न्यौपाने, मोहनचन्द्र अधिकारी, सि।पि।मैनाली आर। के। मैनाली हुनुहुन्थ्यो भने मार्क्सवादीका तर्फबाट मन मोहन अधिकारी, सहाना प्रधान, सिध्दिलाल सिंह,भरतमोहन अधिकारी,तिलक पराजुली, बलराम उपाध्याय, भिम सेढाइ र गोबिन्द ज्ञवाली लगायतका नेताहरुको सहभागिता रहेको थियो । भेलाको शुरुवात मै आरके मैनालीले अनौपचारीक छलफलको सहमति बिपरित अन्तराष्ट्रिय प्रचलन हेर्दा पनि कम्युनिष्ट पार्टीमा महासचिव मात्र राख्ने प्रचलन रहेकोले एकीकृत पार्टीमा अध्यक्ष नराखि महासचिव मात्र राख्नु पर्ने र सो पदमा उमेर र अनुभवका दृष्टिकोणले मनमोहन अधिकारीलाई राख्ने भन्ने बिचार राख्नु भयो । यो त तत्कालीन मालेलाई पछि पार्ने बिचार थियो । सो बिचार स्वीकृत हुने संभावना थिएन । वहाँको प्रस्तावमा सामान्य छलफल चल्दै गर्दा एक्कासी बामदेव गौतम उठेर झोक्किंदै ूपहिलाको सहमति अनुसार नगर्ने हो भने आ(आफ्नो पार्टी चलाऔं, उठ्नुहोस जाउँ ू भन्नु भयो । मालेका आर।के।मैनाली र सि।पि।मैनाली बाहेकका सबै नेता उठेर हिंड्नु भयो । केही बेर अवस्था चकमन्न भयो । त्यसपछि सहाना प्रधानले मलाई सम्बोधन गर्दै ू गोबिन्दजी वहाँहरुलाई रोक्नुहोस, म केही कुरा राख्छुू भन्नु भयो । म गएर वहाँहरुलाइ रोकें । बामदेव गौतम अलि बढी रिसाउनु भएको थियो । वहाँलाइ सम्झाए पछि फर्किन मान्नु भयो । वहाँहरु फर्किएर फेरी आ(आफ्नै स्थानमा बस्नु भयो ।
केहीबेरको चकमन्न परिवेशलाइ चिर्दै सहाना प्रधान बोल्नु भयो । वहाँले ू मैले राजनीतिमा कहिल्यै पनि बिश्वासघात र चालबाजी गर्न जानिन । ऐले पनि म त्यस्तो चालबाजी हुन दिन्न । पूर्व सहमति अनुसार पार्टीको अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी रहने कुरामा हामी पूर्ण सहमत र प्रतिबध्द छौं । यो सहमति लागु गर्दा पार्टी निर्माण हुनसक्छ र त्यो बलियो पनि हुन्छ ू भन्ने कुरा राख्नु भयो । सहाना प्रधानको प्रस्तावमा कसैले पनि असहमति जनाएनन । सोही अनुसार मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव रहेको ९नेकपा एमाले० पार्टी निर्माण भयो । पुष्पलालको मृत्यु पछि सहाना प्रधानको निकट रहि राजनीतिमा सक्रिय रहि आएकोमा पार्टी एकीकरण पछि मेरो सहाना प्रधानसंगको निकटता कम हुँदै गयो र मेरो राजनीतिमा निस्कृयता बढ्दै गयो । एमाले बनेपछिको पहिलो कार्यकाल सम्म म राजनीतिमा सक्रिय रहें यो सक्रियता धेरै दिन टिक्न सकेन । खासगरीकन एमालेमा आफ्नालाई च्याप्ने र आफु देखि अलि परकालाई पन्छाउने र पेल्ने प्रबृत्ति तिब्र रुपमा थियो । मदन भण्डारीले यस प्रबृत्तिलाइ हावी हुन दिनुभएको थिएन । वहाँकै हस्तक्षेपबाट नै म प्रतिनिधिसभाको उम्मेदवार हुन सकेको हुँ । मदन भण्डारीको देहवसान पछि आफ्नालाइ काखी च्याप्ने प्रबृत्ति निकै बढ्यो । यस्तो प्रबृत्तिलाइ माधव नेपालले निकै मलजल र प्रोत्साहन गर्नु भयो । त्यसपछिका दिनहरुमा म पछाडी हट्दै गएँ । ऐले राजनीतिमा निस्कृय नै रहेको छु ।
सूर्यपटुवा खैरिनी स्थित एक्लो घरमा सामान्य जीवनशैली अपनाएर बसेका गोबिन्द दाइसंग भेटेर कुरा गर्दा मन खुसी हुन्छ । बिगतका घटनाक्रम सुन्दा एकपछि अर्को झन महत्वपूर्ण लाग्दछ । गोबिन्द दाइसंग भेटेर वहाँलाई पढेपछि नेपालमा कम्युनिष्ट पार्टीको इतिहाँस खोज्न धेरै किताब खोज्न जरुरी छैन जस्तो लाग्छ । तर बिडम्बना यस्तो ज्यूँदो इतिहाँसको न कुनै मान सम्मान छ, न कुनै अस्तित्व छ । ऐलेका नेताहरु त्यो गाउँको बाटो हिँड्दा पनि बाटो काटेर हिँड्ने गर्दछन । तर पनि वहाँको कुनै गुनासो छैन । वहाँ भन्नु हुन्छ ूहामीले बुझेको राजनीति देश र जनता प्रति समर्पित थियो । ऐले राजनीतिलाई आँफु र आफ्नाका लागि समर्पण गरिएको छ । जसरी भएपनि पद प्राप्त गर्ने, धन सम्पत्ती जम्मा गर्ने, मोजमस्ति र बिलासी जीवनयापन गर्नका लागि शाम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्नु नै राजनीतिको अर्को रुप देखिएको छ । यस्तो हर्कतमा कम्युनिष्ट भनिएका पार्टीका नेताहरुनै तँछाड, मछाड गरेर प्रतिष्पर्धा गरिरहेका छन । यसले समग्र बामपन्थी बिचारधाराको खिल्लि उडाउने र बदनाम गर्ने काम गरेको छ । यसले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ । समयमा नै यस प्रबृत्तिलाई पर पन्छाएर सकारात्मक सोचका साथ पार्टीलाई बलियो बनाउनु अहिलेको अहं सवाल हो यस दिशातर्फ अहिले माधव नेपाल, बामदेव गौतम आदि नेता लाग्नु भएको छ । यसले सफलता पनि प्राप्त गर्नेछ ू।