चुरे क्षेत्र नियन्त्रण बाहिर,कर्णाली नदी तटियमा नियन्त्रण
बर्दिया,चैत ३१
बर्दिया राष्ट्रिय निकुञ्जमा फैलिएको डढेलो पूर्वपश्चिम राजमार्ग छेउँछाउँमा सल्किएको छ । हावाहुरी चल्ने प्रतिकुल मौसमका कारण निकुञ्ज डढेलोको उच्च जोखिममा छ । निकुञ्जभित्र अवैधानिक तरिकाले पसेका व्यक्ति, घाँस–दाउरा गर्ने स्थानीय र चोरी सिकारीले आगो लगाएको शंका कर्मचारीले गरेका छन् ।
निकुञ्जमा डढेलो लाग्न सुरु भएको निकुञ्जका प्रवक्ता असिम थापाले बताए । ‘निकुञ्जको चुरेका फेदमा डढेलो लागेको खबर छ’उनले भने,‘डढेलो नियन्त्रणका लागी पोष्टबाट कर्मचारी परिचालित भईसकेका छन् ।’
बर्सेनि गर्मीयामको समयमा डढेलोले निकुञ्जमा ठूलो क्षति गर्ने गर्दछ । डढेलोका कारण निकुञ्जका दर्जन भन्दा बढी स्थानमा क्षति पुगेको छ । ‘दमकल नपुग्ने विकट क्षेत्रमा डढेलो नियन्त्रण गर्ने अवस्था छैन । डढेलो चुरे पहाडबाट सुरु भई दक्षिणी क्षेत्रमा फैलिन थालेको छ,’ एक कर्मचारीले भने, ‘उत्तरी र पूर्वी भेगमा डढेलो सुरुवाती चरणमा छ ।’ यस क्षेत्रमा लागेको डढेलोको धुवाँले आसपासका बस्ती असर गरेको छ ।
मध्यवर्ती क्षेत्रको भुरीगाउ‘, कर्मला, सैनावार, मैनावार, औरीलगायत ठाउँमा डढेला लाग्न शुरु भएको छ । धुवाँका कारण मानिसलाई आउजाउ गर्नै समस्या हुने गरेको स्थानीयले बताए । डढेलोले जंगली जनावरको बासस्थानमा समस्या हुने गरेको छ । डढेलोको सुरुवाती चरण भएकाले जंगली जनावरको वा वन्यजन्तुले बासस्थान फेर्दै जाने गरेको निकुञ्जको भनाई छ । निकुञ्ज सुरक्षाका लागि तैनाथ सेना, कर्मचारी र चोरी सीकार नियन्त्रण युवा अभियानकर्ता डढेलो नियन्त्रण तयारी अवस्थामा रहेको निकुञ्जको भनाई छ । दिउँसो अत्यधिक हावा चल्ने गरेकाले डढेलो फैलन सक्ने निकुञ्जका कर्मचारीको अनुमान छ ।
डढेलो नियन्त्रण भएन भने संरक्षित जनावर खतरामा पर्ने निकुञ्ज प्रशासनले जनाएको छ । नदी तटीय क्षेत्र र कोर जंगलमा फायर लाईन कारणले डढेलो विस्तार हुन समय लाग्ने निकुञ्जका थापाले बताए ।‘डढेला नियन्त्रणका लागी जुक्ती अपनाएका छौ’उनले भने,‘डढेलो नियन्त्रणका लागी बनाएको फायर लाईनमा कर्मचारीले निगरानी गरिरहेका छन् ।’
निकुञ्जको उत्तरी बेल्टबाट दक्षिण बेल्टमा डढेलो सर्ने क्रममा छ । ‘पाँच दिन अघिबाट डढेलो चुरेबाट समथर जंगल तिर सर्न लागेको छ’प्रबक्ता थापाले भने । निकुञ्जमा लागेको डढेलोको कारण पूर्व पश्चिम राजमार्गमा धुवै धुवा देखिने बस चालक मैताव ईराकीले बताए ।’ बाटो अध्यारो देखिन्छ’उनले भने,’जंगलको छेउँछाउँ आगलागी भईरहेकहो छ ।’
निकुञ्ज कर्मचारी र नेपाली सेनाले समथर जमिनमा फाएर लाइन बनाएको भएपनि हावा हुरीका कारण आगोका फिलंगा उडाएर लैजाने भएकाले आगलागी बढ्दै गएको र नियन्त्रमा ल्याउन समस्या हुने गरेको हो । आगलागी नियन्त्रणका लागि नेपाली सेना सहित निकुञ्ज प्रशाशन, सुरक्षा निकाय तथा स्थानीय बासिन्दा सहयोग गर्ने गरेका छन् । ट्याक्टरमा पानी ओसारेर आगलागी नियन्त्रण प्रयास भईरहेको निकुञ्ज गर्दै आईरहेको छ ।
बबई नदी र गेरुवा नदीको तटीय क्षेत्र बाहेक अधिकांश ठाउँमा डढेलो लागेको छ । डढेलोबाट आगलागीबाट बन्यजन्तुमा खासै क्षति नपु¥याएपनि काठ, दाउरा र खर लगायत अन्य पातपतिंगर जलेर नष्ट भएको छ ।