चैत ३१,(फरक समाचार)/ जिल्ला अदालतले २० वर्ष कैद सयाज फैसला गरेका फरार अपराधीलाई १८ वर्ष पछि पक्राउ गरेको छ । प्रहरीले बढैयातालगाउँपालिका–३ बाट सोमबार कृपाराम खटिक पक्राउ गरेको हो । खटिक १८ वर्षदेखि प्रहरीको खोजीमा थिए । ०६० साल कात्र्तिक १० गते बढैयाताल गाउँपालिका–३ बस्ने जितबहादुर गोदार क्षेत्रीको खटिकले बन्चरो प्रहार गरी हत्या गरेका खटिकलाई जिल्ला अदालत २० वर्ष कैद सजाय फैसला गरेको हो । बन्चरो प्रहार गरेर हत्या प्रकरणमा प्रहरीले यसअघि ९ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार हत्यापछि खटिक खुला सीमानको फाईदा उठाएर भारत पसेका थिए । लामो समय भारतमा बसेका खटिक व्यसायीको प्रसिद्धिले चिनिएका थिए । नेपाल अपराधी बिल्ला लगाएका खटिक फरार अवधिमै नाम र दाम कमाएका थिए । भारतको रुपैडिया र नानपारामा व्यबसायिक जिवन विताएका उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा बुझाउँनु ‘फलाम चिउरा चपाए’ सरह थियो ।
भारतीय प्रहरीको सेटिङमा बसेका खटिकलाई यसअघि पक्राउँ गर्ने प्रयास भएपनि सफल हुन सकेको थिएन । गोप्य सूचनाको आधारमा सक्रियताका साथ खटिएको प्रहरीले नेपालको भूमिबाट खटिकलाई नियन्त्रणमा लिनु ठूलो सफलता मानिएको छ । रुपैडियाको मोहनपुरमा स्थायी घर बनाएका खटिक भारतीय राजनितिमा सक्रिय रहेको खुलेको छ ।
धानको मिल, कृषि तथा भैसी पालन व्यवसाय गरी आफ्नो परिवारसंगै जीवनयापन गर्दै आएका खटिक प्रहरी जालोमा फस्नु प्रहरीको सफल रणनितिको उपज भएको चर्चा यतिवेला भएको छ । प्रहरीले खटिकलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी प्रमुख ईश्वर कार्कीले बताए । उनका अनुसार खटिकलाई जिल्ला कारागार चलान गरिसकेको छ । प्रहरीले पछिल्लो समय जघन्य अपराध मुद्दामा फरार अपराधी,लागु औषध,मानव वेचविखन, अवैध चोरी पैठारी नियन्त्रण उल्लेखनिय प्रगति गरेको रेर्कडले पुष्टि गरेको छ । नागरिक दैनिकबाट