दुर्लभ वन्यजन्तुको बृद्धिसँगै मानव र वन्यजन्तु बिच द्धन्द बढ्ने चिन्ता
शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख ३(फरकसमाचार)

बर्दिया राष्ट्रिय निकुन्ज मूख्यालय ठाकुरद्धारामा बिहिवार सरोकारवाला बिच भएको अन्तरक्रियामा दुर्लभ वन्यजन्तु र मानव बिच बढिरहको द्धन्द व्यवस्थापन गर्न छलफल भएको छ । जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,स्थानीय तहका प्रमुख र निकुन्ज प्रशासन बिच भएको अन्तक्रियामा सहभागिले मानव र वन्यजन्तु बिच बढिरहेको द्धन्दको विषयमा चिन्ता व्यक्त गरे ।

मानव र वन्यजन्तु बिच बढ्दै गईरहेको द्धन्दले दुर्लभ वन्यजन्तु र मानव जोखिममा परिरहेका अन्तक्रियामा सहभागी भएकाको निष्र्कष छ । वन्यजन्तुले बेला बेलामा गाउँ घरमा पसेर गर्ने बिठ्याई र मानिसले आफुहरुलाई बचाउनका लागी गर्ने प्रयासले दुर्लभ वन्यजन्तु नै जोखिममा परिरहेका सहभागीले बताए । वन्यजन्तु र मानवको द्धन्द व्यवस्थापनका लागि सम्बन्धित पालिकाले चासो कम देखाएको सहभागीले बताए ।

निकुन्ज छेउँछाउँ, सामुदायिक वनका जंगली जनावर र गाउँ बस्तीमा पसेर गर्ने आक्रमणको त्रास मानिसलाई जति छ त्यति नै आफ्नो रक्षाका लागी स्थानीयले ज्यान जोगाउन अपनाउने घरेलु प्रबिधिबाट दुर्लभ वन्यजन्तुलाई जोखिम बढिरहेको समेत अन्तरक्रियामा सहभागीले बताए ।
दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौति बढिरहेपनि निकुन्ज प्रशासनले वन्यजन्तुलाई गाउँ वस्तीमा छिर्ने ठाउँमा व्यवस्थित रुपमा गर्न नसकेको र विद्युतीय तारबार नहुँदा समस्या भइरहेको सहभागीले औल्याए ।

संरक्षणकर्मीले वन्यजन्तु जोगाउँन जति खर्च गरे पनि पछिल्ला घटनाक्रमले मानवबाट वन्यजन्तु र वन्यजन्तुबाट मानवलाई पनि त्यत्तिकै जोखिममा रहेको पुष्टि भएको छ ।

मानव र वन्यजन्तु द्धन्द न्युनिकरणका विभिन्न तरिका अवलम्बन गर्ने निकाय भएतापनि अहिले सोचनिय अवस्थामा पुगेको संरक्षणकर्मी बताउँछन् । बर्षेनि बढिरहेका दुर्लभ वन्यजन्तु र मानव बिच द्धन्द बढ्दो ग्राफमा छ । कार्यक्रममा प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रष्ठले पाँच वर्षे मानव र वन्यजन्तु व्यवस्थापन रणनितिक योजना अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेका थिए । कार्यक्रममा आएका जिज्ञाशाको सम्बोधन राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा. रबिन कडरियाले गरेका थिए ।

जनावरको संख्यामा जति बृद्धि भएको छ त्यति नै वन्यजन्तुको संरक्षणमा जोखिम देखिन्छ,’एक सहभागीले भने,‘किसानको खेतबाली जोगाउँनका लागी गर्ने पहल गरिएन भने अबोध दुर्लभ वन्यजन्तु नासहुदै जाने खतरा देखिन्छ ।’पछिल्लो समय बाघ आक्रमणमा मृत्यु हुनेको संख्या यस आर्थिक वर्षमा दश पुगेको छ । द्धन्द न्युनिकरणका लागि तीन वटा बाघलाई निकुन्ज प्रशासनले नियन्त्रणमा लिएको छ भने एउटा बाघलाई रेडियो कलर जडान गरिएको छ ।

विद्युतिय तारवार लगाएको ठाउँलाई प्रभावकारी रुपमा उपयोग गर्न सके मानव र वन्यजन्तु द्धन्द न्यूनिकरण हुने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । ‘धानवाली जोगाउन किसानले विद्युत प्रबाह गर्छन,’उनले भने,‘त्यसमा परेर ज्यान गुमाउने वन्यजन्तुलाई जोगाउने चिन्ताको विषय बनेको छ ।’रणनितिक योजना कार्यान्वयनमा ल्याउने गरी काम गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी शन्त बहादुर सुनारले निर्देशन दिए ।‘बर्दिया बाघको नामले परिचित छ’उनले भने,‘वन्यजन्तु संरक्षणका लागि सबै तह तप्काले हातेमालो गर्न जरुरी देखिन्छ ।’स्थानीय तह प्रमुखसँगको समन्वयमा तत्काल मानव र वन्यजन्तु बिच द्धन्द न्यूनिकरण छलफल अघि बढाउन जरुरी रहेको प्रजिअ सुनारले आंैल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर