जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख ५ (फरकसमाचार)

जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शनिबार देखि गुलरियाको कर्भहल मैदानमा सुरु भएको छ । नगर स्तरिय प्रतियोगिताबाट छनोट छात्रा र छात्रा प्रतियोगितामा भाग लिएका छन् । समग्र खेलकुद क्षेत्रको विकास गर्ने उदेश्य र लक्ष्य सहित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिताको प्रतिस्पर्धाबाट राम्रो खेलाडी उत्पादन हुने विश्वास आयोजकले लिएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स, मार्शल आर्ट र भलिबलमा छात्र र छात्राले प्रतिस्पर्धा गर्नेछन् । विद्यार्थीहरुको खेलकुद प्रति हौसला प्रदान गर्न प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ । कोभिड संक्रमण फैलिन नदिन भिडभाड रहित तरिकाले खेलको प्रबन्ध मिलाएको आयोजकले जनाएको छ । अघिल्लो वर्षको जस्तै आयोजित प्रतियोगितामा विद्यालयको मार्च पास प्रस्तुत गरिएको छैन । प्रतियोगिताको प्रतिस्पर्धामा सहभागि भएका विभिन्न विद्यालयका विद्यार्थीहरु निकै उत्साहित थिए । उद्घाटन खेलमा रिले दौड प्रतियोगितामा प्रतिस्पर्धा गराएको आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन समन्वय समितिका अध्यक्ष शंकर थारुले गरेका छन् । उद्घाटन भएको खेल ६ गते सम्म चल्नेछ । कोभिड संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड र भौतिक दुरीलाई प्राथामिकतामा राखेर खेल प्रतियोगितामा प्रतिस्पर्धा गराएको कोटही माबिका प्रअ ज्ञानेन्द्र रावलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर