बर्दिया, बैशाख ६ (फरकसमाचार)
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल, बर्दियाले लामो समय देखि बन्द रहेको काठ कटान, ओसारपसार र बिक्री वितरण खुला गर्न माग गरेको छ । सरकारले गत वर्ष जेठ २५ गते देखि काठ कटान, ओसार पसार र बिक्री वितरणमा रोक लगाएको हो ।
आइतबार महासंघले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ११ सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । महासंघका केन्द्रीय सदस्य मोहम्मद कर खाँन, जिल्ला अध्यक्ष शर्मा चौधरी लगायतका टोलीले बुझाएको ज्ञापनपत्रमा प्रदेश विधेयकले ल्याएको ४० प्रतिशत कर तुरुन्तै हटाइयोस्, समुदायको पक्षमा वन ऐन बनाइयोस् माग राखेका छन् । आफ्ना माग प्रति बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रिने महासंघले चेतावनी दिएको छ ।