तपाईको मास्क खोइ
शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख ११ (फरकसमाचार)

तपाईको मास्क खोई भन्ने जनचेतना मुलक कार्यक्रम शुक्रबार गुलरियामा गरिएको छ । कोरोना संक्रमण तिव्र गतिमा बढेको छ । सर्वसाधारणले मास्क नलगाई बाहिर निस्किरहेकोले जनचेतना मुलक कार्यक्रम गरिएको हो । कोरोना संक्रमण न्युनिकरण गर्ने सजग हुन प्रजिअ सन्त बहादुर सुनारले आग्रह गरे । संक्रमण रोकथामका लागि सुरक्षा निकायसंग समन्वय गरी नेपाल प्रहरी माइकिङ्ग गरिरहेको छ ।

त्यसैगरी खुल्ला सिमानामा हुने आवत जावतलाई पुर्ण रुपमा रोक्न लगाईको प्रजिअ सुनारले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, प्रहरी उपरीक्षक ईश्वर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द केसी, प्रहरी निरीक्षक सुशिल थापा, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गोपाल ज्ञवाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले तपाईको मास्क खोई लेखेको प्ले कार्ड देखाएर बजार क्षेत्रमा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर